नेभिगेशन
राजनीति

कांग्रेसको १५औँ महाधिवेशनः समावेशीतर्फ उपसभापति पदमा विनोद चौधरीको उम्मेदवारी किन ?

    निराशातर्फ अगाडि बढिरहेको नेपाली समाजमा नयाँ आशा र नयाँ विश्वास श्रृजना गर्न
    नेपाली कांग्रेसको नेतृत्वमा युवा नेतालाई स्थापित गर्न 
    राजनीतिक स्वतन्त्रताको नेतृत्व गर्ने गौरवशाली इतिहास भएको नेपाली कांग्रेसलाई आर्थिक क्रान्तिको पनि नेतृत्व गर्ने पार्टीका रुपमा स्थापित गरि नयाँ इतिहास लेख्न 
    राजनीति र अर्थनीतिलाई सँगसँगै अगाडि बढाउन 
    बिपी कोइरालाको दूरदर्शी राजनीतिक सोंच र सूवर्ण शमसेर जवराको आर्थिक विकासको नीतिलाई संयोजन गर्दै नेपाली कांग्रेसलाई नयाँ उचाईमा पुर्‍याउन
    समुन्नत नेपाल निर्माण गर्ने आदरणीय पार्टी सभापति गगन कुमार थापाको सोंचलाई सहि अर्थमा कार्यान्वयन गर्न
    नेपाली कांग्रेसको सरकारले २०४८ सालमा शुरू गरेको तर बीचमा अवरुद्ध भएको आर्थिक सुधारलाई वर्तमान समयको आवस्यकता अनुरूप तिब्र गतिमा अगाडि बढाउन 
    नेपाली कांग्रेसलाई वर्तमान विश्व परिवेश अनुकुल रुपान्तरण भएको आधुनिक प्रविधियुक्त पार्टीका रुपमा स्थापित गर्न 
    देशका युवाहरूलाई सूचना प्रविधि, आर्टिफिसियन इन्टेलिजेन्ससँग आवद्ध गराउदै देशलाई डिजिटल इकोनोमीतर्फ अगाडि बढाउन
    जेन–जी मूभमेन्टको मर्मलाई आत्मसाथ गर्दै युवाहरुका आकांक्षालाई सम्बोधन गर्न  
    राजनीतिको केन्द्रमा आर्थिक विकासका एजेण्डा स्थापित गर्न  
    समावेशी विकास र तीव्र आर्थिक बृद्धिदरका माध्यमद्वारा आर्थिक विकासलाई कांग्रेसको मुख्य प्राथमिकता बनाउन
    युवाहरुका लागि स्टार्टअपका पर्याप्त अवसरहरू श्रृजना गर्न  
    देशमा आन्तरिक लगानीकर्तालाई विना अवरोध लगानीको वातारण तयार गर्न 
    भ्रष्टाचारको अन्त्य र शुसासनको पक्षमा काम गर्न 
    नेपाललाई प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण केन्द्र बनाउन 
    प्रत्येक बर्ष रोजगार बजारमा आउने साढे पाँच लाख युवाहरुलाई देशमै रोजगारीका अवसर श्रृजना गर्न सम्भव छ भनेर काम गर्न 
    क्षेत्रिय आर्थिक असमानता घटाउनका लागि प्रदेश र स्थानीय तहमा उद्योग तथा रोजगारी विस्तार गर्न 
    सीमान्तकृत र पिछडिएका समुदायलाई आर्थिक अवसरमा जोड्न, उद्यमशीलता, सीप र वित्तीय पहुँचमार्फत आर्थिक सशक्तीकरण गर्न 
    पार्टीभित्र पुस्तान्तरण, पुस्ताबीच सहकार्य, अनुभवी नेतृत्वको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोडेर आधुनिक कांग्रेस निर्माण गर्न
    नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र, पारदर्शिता, कार्यकर्ताको सम्मान र नागरिकप्रतिको जवाफदेहितालाई पार्टी संस्कृतिको आधार बनाउन

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्