नेभिगेशन
अर्थतन्त्र

जैतुन मिक्स’ मसाज तेल बजारमा

काठमाडौं । जैतुन, युकालिप्टस, पेपरमिन्ट, लसुनलगायतका प्राकृतिक तेल तथा जडीबुटीजन्य सामग्रीको मिश्रणसहितको ‘जैतुन मिक्स आयुर्वेदिक मसाज तेल’ बजारमा आएको छ । पानस हर्बल उद्योग लिमिटेडले २ सय मिलिलिटरको प्याकमा उक्त उत्पादन सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार तेलमा जाइफल, लसुन, तुलसी, ल्वाङ, एलोभेरा, अजवाइन, युकालिप्टस, पेपरमिन्ट, भीमसेनी कपूर र जैतुनलगायतका सामग्री प्रयोग गरिएको छ ।
उत्पादकले यसलाई जोर्नी, ढाड, कम्मर, काँध तथा मांसपेशीमा हुने दुखाइ वा तन्किने समस्यामा मसाजका लागि प्रयोग गर्न सकिने उत्पादनका रूपमा प्रस्तुत गरेको छ । दैनिक थकान तथा मांसपेशीमा हुने असहजतामा पनि प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ ।
मसाजपछि आराम र ताजगीको अनुभूति हुने कम्पनीको दाबी छ। यी प्रभावसम्बन्धी दाबी भने कम्पनीले उपलब्ध गराएको उत्पादन विवरणमा आधारित छन्।
तेल बाह्य प्रयोगका लागि मात्र रहेको भन्दै कम्पनीले आँखा तथा खुला घाउमा नपार्न र बालबालिकाको पहुँचबाट टाढा राख्न आग्रह गरेको छ।
कम्पनीले अपिल त्रिपाठीलाई ‘जैतुन मिक्स’ को ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्