नेभिगेशन
अर्थतन्त्र

हिमालयन इनर्जीको ऊज्यालो सपना

दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. १ थामी गाउँमा अवस्थित कालिञ्चोक खोलामा निर्माण भएको कालिञ्चोक साना जलविद्युत आयोजना मार्फत हिमालयन इनर्जी पब्लिक लिमिटेडले नेपालको ऊर्जा आत्मनिर्भरताको यात्रामा महत्वपूर्ण योगदान पु¥याएको छ ।
कम्पनीको वेबसाइटका अनुसार यो ३ मेगावाट क्षमताको रन–अफ–रिभर प्रकृतिको आयोजना हो । यो राइजिङ हाइड्रोपावर कम्पनी लिमिटेडको भगिनी संस्था हो । आयोजनाले बुधेखानी, शिखार्जुन र भूमित गरी तीन खोलाको पानी उपयोग गर्दछ । आयोजनाको क्याचमेन्ट एरिया १९.८ वर्ग किलोमिटर छ र यसले वार्षिक १६.९६ गिगावाट घण्टा स्वच्छ विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 
आयोजनाको सबैभन्दा ठूलो विशेषता युरोपमा निर्मित उच्च दक्षता भएका पेल्टन टर्बाइन (२ ह १.५६३ मेगावाट) को प्रयोग हो । उत्पादन भएको विद्युत ३३ केभी, १३ किलोमिटर लामो प्रसारण लाइन मार्फत सिंगटी सबस्टेशन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको छ ।
कम्पनीका अनुसार कुल ५९.५ करोड रुपैयाँ लागतमा निर्माण भएको यस आयोजनाले करिब १०.६ करोड रुपैयाँ वार्षिक आम्दानी गर्ने र अनुकूल विद्युत खरिद सम्झौता (पीपीए) रहेको छ । सबैभन्दा प्रशंसनीय पक्ष त यो आयोजना जम्मा १८ महिनाको छोटो अवधिमा सम्पन्न भएको हो, जुन प्रभावकारी योजना र कार्यान्वयनको उदाहरण हो ।
हिमालयन इनर्जीको भिजन १० हजार मेगावाट दिगो ऊर्जा निर्माण गरी १० लाख बढी रोजगारी सिर्जना गर्ने रहेको छ । टेनएक्स हाइड्रो होल्डिङ लिमिटेड र लक्ष्मी श्री इन्भेष्टमेण्टजस्ता प्रतिष्ठित साझेदार संस्थासँग सहकार्य गरिरहेको यस कम्पनीको मिशन नै नेपाललाई स्वच्छ, भरपर्दो र दिगो ऊर्जा समाधानले सशक्त बनाउनु हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्