नेभिगेशन
प्रदेश

सहुलियत खाद्यान्न लिनेको भिड

मुगु, ६ असोज - नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा चामल तेल बिक्री गर्न सुरु गरेको छ । 

जिल्लाको छाँयानाथ रारा नगरपालिका, मुगुमकार्मारोङ र खत्याड गाउँ पालिकाका उपभोक्तालाई लक्षित गरी कम्पनी लिमिटेडको कार्यालय मुगुबाट गहेको सोमबारबाट सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेपछि खाद्यान्न लिनेको भिड लाग्ने गरेको छ भने दैनिक लाखौंको कारोबार हुर्ने गरेको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका सूचना अधिकारी मौसम माझीले पछिल्लो समय भिड बढेको बताए । 

उनले दुर्गम हिमाली भेगका बस्दै आएका उपभोक्ताको सहजताका लागि भदौ ३० देखि कात्तिक १० गतेसम्म दशैंतिहार, छठ लगायतका चाडपर्वलाई लक्षित गरी सहुलियत दरमा खाद्यान्न बिक्री गरिरहेको जनाए ।

बजारको खाद्यान्न भन्दा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा चामल, तेल सस्तो मूल्यमा भएकाले सर्वसाधारण खुशी भएको स्थानीय धनवीर बिकले बताए । 

यस्तै पाण्डवी रोकायाले छूटबाट बचेका रुपैयाँले घरमा बालबच्चाहरूलाई कापी कलम, साबुन लगायतका थप सामग्रीसमेत लिन पाउने भएकाले संस्थानमा भिड लागेको जनाइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्