नेभिगेशन
राजनीति

एमालेमा १३ केन्द्रीय सदस्य थपिए

काठमाडौं । एमालेको केन्द्रीय कमिटीमा १३ जना सदस्य थपिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा गत बिहीबारदेखि तीन दिनसम्म चलेको स्थायी कमिटी बैठकले केन्द्रीय सदस्यहरू मनोनयन गरेको हो ।  
यसरी मनोनीत हुनेमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्चनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा. पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिरहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नवीन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही)  छन् ।
त्यस्तै,  बैठकले आगामी मंसिर २६ गते वडा अधिवेशन, पुस ४ गते पालिका अधिवेशन र मंसिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने कार्यतालिका तय गरेको छ । मधेश प्रदेश सभामा रिक्त समानुपातिकतर्फ नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा पठाउने र अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा संगठन कमिटी गठन गरी अनुमोदनका लागि पठाउने बैठकको निर्णय छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्