नेभिगेशन
अर्थतन्त्र

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको दर २ लाख २१ हजार नाघ्यो

काठमाडौँ, ७ असोज । नेपाली बजारमा सुनको मूल्य एकैदिन अभूतपूर्व रूपमा बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला रु २ लाख २१ हजार ७०० मा कारोबार भइरहेको छ ।

सोमबारसम्म प्रतितोला रु २ लाख १७ हजार ८०० मा कारोबार भइरहेको सुनको मूल्य आज मात्रै रु ३ हजार ९०० ले उकालो लागेको हो । यसले सुन बजारमा नयाँ कीर्तिमान कायम गरेको महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि बढेर प्रतितोला रु २ हजार ६८० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस करिब ३ हजार ७४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्