नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकद्वारा विद्यालयलाई विशेष सहयोग प्रदान

काठमाडौं । एन आई सी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गोदावरी नगरपालिका–१, गोदामचौर, ललितपुरस्थित दमाइटार आधारभूत विद्यालय, नरहरीनाथ गाउँपालिका–६, कालिकोटस्थित नन्दादेवी माध्यमिक विद्यालय, शिखर नगरपालिका–५, तिजाली, डोटीस्थित राधाकृष्ण माध्यमिक विद्यालय, बान्नीगढी, जयगढ, अछामस्थित नन्दा माध्यमिक विद्यालय र राष्ट्रभाषा माध्यमिक विद्यालयका साथै गोरखा नगरपालिका–३, नरेश्वर, गोरखास्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठन अझ सहज र सरल बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने उद्देश्यका साथ पानी शुद्धिकरण प्लान्ट, विद्यालय पोशाक, प्रिन्टर, ल्यापटप, डेस्कटप कम्प्युटर र शैक्षिक सामग्रीहरु उपलब्ध गराएको छ । 
बैंकले उक्त विद्यालयहरुलाई उपलब्ध गराएको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्