नेभिगेशन
अर्थतन्त्र

एन आई सी एशिया क्यापिटलको पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । एन आइ सी एशिया क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह, २०२६ को अवसरमा त्रिवेणी इन्टरनेशनल कलेज, पोखरा–३०, तालचोक, कास्कीमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । 
उक्त कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग अधिकृत दामोदर रायमाझीले विद्यार्थी जिवनकालमा समेत पैसा के कसरी बचत गर्न सकिन्छ र उक्त बचत गरेको स–सानो रकम कहाँ कसरी सरल रुपमा लगानी गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत जानकारी गराएका थिए । उनले धितोपत्रको प्राथमिक तथा दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, एसआइपी आदिमा लगानी गर्ने प्रकृयाका सहित दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी पनि दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्