नेभिगेशन
राजनीति
कांग्रेस महाधिवेशनमा मतगणना जारी

महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर विजयी

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी र सदस्यहरूको मतगणना जारी छ । आइतबार अबेर राति आएको परिणामअनुसार खुला महामन्त्रीमा प्रदीप पौडेल र उदय शमशेर विजयी भएका छन् । जारी मतगणनामा उपसभापतितर्फ चन्द्र भण्डारीले अग्रता कायम गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ । 
खुला उपसभापतिका दुई पदमा भण्डारीसँगै मधु आचार्य अगाडि देखिएका छन् । उपसभापतिमा सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, धनराज गुरुङ, दीपक गिरी र डा. चन्द्रमोहन यादव उम्मेदवार छन्  । 
उपसभापति समावेशी एकजनाको पदमा विनोद चौधरीले फराकिलो अग्रता लिएका छन् । जीवन परियार दोस्रो स्थानमा छन् भने फरमुल्लाह मन्सुरले उनलाई पछ्याइरहेका छन् ।महिला महामन्त्रीमा डा. डिला संग्रौला पन्तले अग्रता कायम गरेकी छन् । उनलाई महालक्ष्मी उपाध्यायले पछ्याइरहेकी छन् । अर्की उम्मेदवार रीता खनाल त्यसपछि छिन् । मतगणनाका क्रममा प्राविधि समस्या नआए उपसभापति र महामन्त्रीको नतिजा सोमबार बिहानै आइसक्ने निर्वाचन समितिले जनाएको छ । 
यसैबीच, आइतबार साँझदेखि सहमहामन्त्री र महिला केन्द्रीय सदस्य पदको मतगणना पनि सुरु भएको छ । निर्वाचन समितिका अनुसार विभिन्न ६ स्थानमा मतगणना भइरहेको छ । सहमहामन्त्री खुलातर्फ दुई पदका लागि नौ जना प्रतिस्पर्धामा छन् । उम्मेदवारमा अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कँडेल, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना छन् ।
एक पदका लागि हुने महिला सहमहामन्त्रीमा नानुमैया बास्तोला र प्रतिमा गौतम प्रतिस्पर्धामा छन् । महिला केन्द्रीय सदस्य खुलातर्फ १५ पदका लागि ३६ जना उम्मेदवार मैदानमा छन् । 
महिला केन्द्रीय सदस्यका उम्मेदवारमा अकला गुरुङ, अनिता देवकोटा, इन्दिरा चौलागाईं, उमा दाहाल, उर्मिला थपलिया, कल्पना तिवारी, कान्तिका सेजुवाल, कुसुमदेवी थापा, गंगा दाहाल, गंगा शाही, गण्डकी थापा अधिकारी, गीता सत्याल, चिनी पोखरेल (चिनु), जमुना ढकाल, तुलसी देवकोटा, धनाकुमारी खतिवडा, नम्रता बराल, निमा गिरी, निर्मला क्षेत्री, निर्मला तामाङ बस्नेत (नीरू), पवित्राकुमारी अर्याल, भगवती काफ्ले भण्डारी, भवानी देवकोटा, विनिता खड्का, विष्णुकुमारी सापकोटा, वासना थापा, मुना भुसाल, मोदती केसी, यस्मिन ढुंगाना, राधिका कटुवाल, रीता थापामगर, रीता सेन ओली, लक्ष्मी पाण्डे, सम्झना खत्री, सुमित्राकुमारी बम र सिर्जना अधिकारी छन् ।
यसअघि नै सभापतिमा गगन थापा निर्वाचित भइसकेका छन् भने उपसभापति (महिला) मा पुष्पा भुषाल र केन्द्रीय सदस्य महिला उपत्यकातफृबाट अमिता प्रधान सर्वसम्मत भइसकेकी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्