नेभिगेशन
नेपाल

घटस्थापनासँगै नवरात्र सुरु

काठमाडौं । नेपालीको महान् पर्व बडादसैं आइतबारदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेसँगै नवरात्र आरम्भ भएको हो । दसैंको पहिलो दिन पूजा तथा दसैंघरमा दियो, कलश र गणेश स्थापना गरी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना गरिन्छ । चोखो स्थानमा बालुवा वा माटो राखेर त्यसमा जौ रोप्ने परम्परा छ । यसरी उमारिएको पहेँलो जमरा विजयादशमीका दिन टीका र प्रसादसँगै ग्रहण गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  बिहान ११ः४७ बजेको साइतमा घटस्थापना गरिएको छ । नवरात्रका नौ दिन महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नवदुर्गाका विभिन्न स्वरूपको पूजा गरिन्छ । दसैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाउने परम्परा छ ।
विभिन्न कारणले घरबाहिर रहेकाहरु दसैं मनाउन आआफ्ना थातथलो फर्कन थालेका छन् । यसपटक विजयादशमी आगामी कात्तिक ४ गते परेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्