नेभिगेशन
विश्व

नोबेल पुरस्कारको नीति सुधार्न माग

१९औं शताब्दीमा हतियार र विस्फोटक पदार्थको व्यापारबाट ठूलो सम्पत्ति कमाएपछि अल्फ्रेड नोबेललाई इतिहासले आफूलाई कसरी सम्झनेछ भन्ने कुराले सताउन थाल्यो । आफ्नो छविलाई सुधार्ने आशाले स्विडेनी उद्योगपति नोबेलले आफ्नो अधिकांश सम्पत्ति मानवताको उत्कृष्ट उपलब्धिलाई सम्मान गर्ने वार्षिक पुरस्कारहरू स्थापना गर्न प्रयोग गरियोस् भन्ने व्यवस्था आफ्नो इच्छापत्रमा गरे ।
दशकौँसम्म उनले यसमा सफलता पाएको जस्तो देखियो । तर अहिले बेलायतका केही प्रतिष्ठित अनुसन्धानकर्ताहरूलाई प्रगतिको सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको यो पुरस्कार प्रणाली आफैंले प्रगतिको गतिसँग तालमेल मिलाउन नसकेको हो कि भन्ने चिन्ता लाग्न थालेको छ ।
उनीहरूका अनुसार नोबेल पुरस्कारले महŒवपूर्ण खोजहरू कसरी गरिन्छन् भन्नेबारे भ्रामक चित्र प्रस्तुत गर्छ । यसले महŒवपूर्ण योगदान पु¥याउने व्यक्तिहरूलाई बारम्बार उपेक्षा गर्छ र वैज्ञानिक क्षेत्रका सीमित व्यक्तिहरूलाई असाधारण अधिकार तथा प्रतिष्ठा प्रदान गर्छ । तीमध्ये केहीले आफ्नो प्रतिष्ठाको दुरुपयोगसमेत गर्छन् ।
प्रत्येक वर्ष प्रत्येक विधामा बढीमा तीन जनाले मात्र पुरस्कार पाउन सक्छन् । तर अहिलेका वैज्ञानिक उपलब्धिहरूमा प्रायः सयौं, कतिपय अवस्थामा हजारौँ सहकार्यकर्ताहरू संलग्न हुन्छन् । बेलायतका पूर्वप्रमुख वैज्ञानिक सल्लाहकार लर्ड भ्यालेन्स अफ बाल्हम पनि नोबेल पुरस्कारका नियमहरू अद्यावधिक गर्नुपर्ने विचार राख्ने व्यक्तिमध्ये एक हुन् ।
उनले भने, ‘आजका प्रविधिहरूको जटिलतालाई हेर्दा ठूला समूहहरूको योगदानलाई पनि सम्मान गरिनुपर्छ ।’
बेलायतका पूर्वखगोलशास्त्री राजकीय पदाधिकारी तथा रोयल सोसाइटीका पूर्वअध्यक्ष लर्ड रीस अफ लडलो यस विषयमा अझ बढी मुखर छन् ।
उनले द टाइम्स पत्रिकासँग भनेका छन्, ‘तीन जनाभन्दा बढी व्यक्तिलाई पुरस्कार नदिने अडानले स्पष्ट अन्याय निम्त्याएको छ । साथै, ‘ठूलो स्तरको विज्ञान’ वास्तवमा कसरी अगाडि बढ्छ भन्नेबारे पनि भ्रामक धारणा सिर्जना गरेको छ ।’
उनका अनुसार नोबेल पुरस्कारले कुन विज्ञान महŒवपूर्ण छ भन्ने विषयमा आमजनताको धारणालाई पनि विकृत बनाउन सक्छ । गणित, कम्प्युटर विज्ञान र वातावरण विज्ञानजस्ता महŒवपूर्ण क्षेत्रहरूलाई त नोबेल पुरस्कारले समेट्दै समेट्दैन ।
यस वर्षका पुरस्कारहरूले आलोचकहरूलाई आफ्नो तर्क अघि बढाउन थप आधार दिन सक्छन् । चिकित्साशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिक कार्ल डाइसेरोथ तथा जर्मन वैज्ञानिक पिटर हेगेमान र जर्ज नागेललाई प्रदान गरियो । उनीहरूलाई अप्टोजेनेटिक्स नामक प्रविधिको विकासमा योगदान पु¥याएकोमा सम्मान गरिएको हो । यो प्रविधिले अनुसन्धानकर्ताहरूलाई प्रकाशको प्रयोग गरेर स्नायु कोषिकाहरूको गतिविधि नियन्त्रण गर्न अनुमति दिन्छ ।
सन् २०१३ मा यही उपलब्धिका लागि स्नायु विज्ञानको क्षेत्रमा दिइने सबैभन्दा प्रतिष्ठित पुरस्कारमध्ये एक, १० लाख पाउन्डको ‘ब्रेन प्राइज’ प्रदान गर्दा भने ६ जना अग्रणी वैज्ञानिकलाई सम्मान गरिएको थियो ।
यसै साता भौतिकशास्त्रतर्फको नोबेल पुरस्कारले पनि धेरैको ध्यान खिच्यो । बेल्जियममा जन्मिएका अमेरिकी भौतिकशास्त्री फ्रान्सिस हाल्जेनले आइसक्युब परियोजनामा गरेको कामका लागि एक्लै पुरस्कार पाए ।
आइसक्युब अन्टार्कटिकाको बरफमुनि गाडिएको विशाल अनुसन्धान उपकरण हो । यसले न्युट्रिनो भनिने अत्यन्त उच्च ऊर्जा भएका, पत्ता लगाउन कठिन कणहरू पहिचान गरेर ब्रह्माण्डको अध्ययनका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ ।
तर यो प्रयोग १४ देशका ४०० भन्दा बढी वैज्ञानिकहरूको सहकार्यमा सञ्चालन गरिएको हो ।
ठूलो स्तरमा गरिने वैज्ञानिक अनुसन्धानको विस्तारसँगै तीन जनालाई मात्र पुरस्कार दिने नियम झन् अस्वाभाविक देखिन थालेको छ । यो नियम अल्फ्रेड नोबेलको इच्छापत्रमा उल्लेख गरिएकोसमेत थिएन ।
उदाहरणका लागि, ब्ल्याक होलहरू ठोक्किँदा जस्ता विनाशकारी घटनाबाट उत्पन्न हुने अन्तरिक्ष–समयका तरंगहरू अर्थात् गुरुत्वाकर्षण तरंग पत्ता लगाउने लिगो (लिगो) प्रयोगलाई लिन सकिन्छ । यससम्बन्धी अनुसन्धान प्रतिवेदनमा करिब एक हजार लेखकको नाम थियो । तर सन् २०१७ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार भने तीन जनालाई मात्र प्रदान गरियो ।
नोबेल पुरस्कारका नियमहरू पहिले कहिल्यै परिवर्तन भएका छैनन् भन्ने होइन । अल्फ्रेड नोबेलको इच्छापत्रमा पुरस्कारहरू ‘अघिल्लो वर्ष’ हासिल गरिएका उपलब्धिका लागि प्रदान गरिनुपर्ने उल्लेख थियो । तर अहिले नोबेल पुरस्कार नियमित रूपमा दशकौंअघि भएका खोज तथा उपलब्धिका लागि प्रदान गरिन्छ ।
नोबेलले पुरस्कारलाई युवा वैज्ञानिकहरूलाई प्रोत्साहित गर्ने माध्यमका रूपमा कल्पना गरेको हुन सक्ने तर्क पनि गर्न सकिन्छ । उनीहरूले भविष्यमा अझ ठूला उपलब्धि हासिल गर्न सकून् भन्ने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराउनु यसको एउटा महŒवपूर्ण पक्ष हुन सक्थ्यो । पुरस्कारको रकमले वैज्ञानिकहरूलाई आर्थिक चिन्ताबाट केही समय मुक्त भएर अनुसन्धानमा ध्यान केन्द्रित गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको हुन सक्छ ।
तर आजभोलि नोबेल पुरस्कार प्रायः वैज्ञानिकको जीवनभरको उपलब्धिको अन्तिम सम्मानका रूपमा प्रदान गरिन्छ । यस वर्षका पुरस्कार विजेताहरूको औसत उमेर ७५ वर्ष थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्