नेभिगेशन
अर्थतन्त्र

विराटनगरमा खुल्यो सीजी डिजिटलको २८औँ शोरुम

विराटनगर । इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको बिक्री गर्दै आएको सीजी डिजिटलले विराटनगरमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो सीजी डिजिटलको २८औँ शोरुम हो र नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम हो।
नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले रिबन काटेर शोरुमको उदघाटन गरेका हुन् । नयाँ शोरुम सञ्चालनमा आएसँगै विराटनगर तथा आसपासका ग्राहकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स र घरायसी उपकरण एउटै स्थानबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
सीजी इलेक्ट्रोनिक्सको रिटेल नेटवर्कअन्तर्गत हाल देशभर २८ वटा शोरुम सञ्चालनमा रहेको कम्पनीको भनाइ छ । तीमध्ये २२ वटा सीजी डिजिटल र छवटा एलजी ब्रान्ड सप रहेका छन् ।
सीजी डिजिटलका शोरुममा एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, मिडिया, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक+डेकर, बर्ली र गुडम्यान्सलगायतका ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभन तथा अन्य घरायसी उपकरण उपलब्ध छन् । त्यस्तै, नथिङ, मोटोरोला र एआई प्लसका मोबाइल फोन पनि बिक्रीका लागि राखिएको कम्पनीले जनाएको छ।
नयाँ शोरुमको उदघाटन तथा विजया दशमीको अवसरमा कम्पनीले ग्राहकका लागि विभिन्न छुट तथा उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार स्पिन एन्ड विन योजनाअन्तर्गत ग्राहकले ३० प्रतिशतसम्म तत्काल छुट पाउन सक्नेछन्।
त्यस्तै, बम्पर लक्की ड्रमार्फत पाँच जना भाग्यशाली ग्राहकले मोबाइल फोन जित्ने अवसर पाउनेछन्। प्रत्येक खरिदमा पक्का उपहार उपलब्ध गराउने योजना पनि ल्याइएको कम्पनीले जनाएको छ।
ग्राहकलाई सहज रूपमा उपकरण खरिद गर्न सहयोग पु¥याउने उद्देश्यले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) तथा पुराना इलेक्ट्रोनिक्स र घरायसी उपकरण साटेर नयाँ खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि उपलब्ध गराइएको छ। यी योजनामा तोकिएका नियम तथा सर्त लागू हुने कम्पनीले जनाएको छ।
कम्पनीले नयाँ शोरुमबाट पूर्वी नेपालका ग्राहकलाई विभिन्न ब्रान्डका उत्पादनको तुलना गर्न, नवीनतम प्रविधिबारे जानकारी लिन र आवश्यकताअनुसारका उपकरण छनोट गर्न सहज हुने अपेक्षा गरेको छ।

सीजी डिजिटलले ‘अल ब्रान्ड्स अन्डर वान रूफ’ अर्थात् एउटै छानामुनि विभिन्न ब्रान्डका उत्पादन उपलब्ध गराउने अवधारणाअनुसार आफ्नो रिटेल नेटवर्क विस्तार गर्दै आएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्