नेभिगेशन
अर्थतन्त्र

खाद्य बैंकको डिजिटल कारोवार शुभारम्भ

काठमाडौँ । राष्ट्रिय खाद्य बैंक लिमिटेडले व्यवसायिक कारोवारको डिजिटलाईजेसनको शुभारम्भ गरेको छ । राष्ट्रिय खाद्य बैकले कृषकको उत्पादनलाई उपभोक्ता बजार सम्म सहज पहुँच विस्तार गर्ने उद्धेश्यले कृषि उपजको कारोवारलाई डिजिटलाइजेसन गर्न लागेको जनाएको छ । मंगलवार राष्ट्रिय खाद्य बैकद्धारा आयोजित एक कार्यक्रममा डिजिटलाईजेसनको शुभारम्भ गरेको हो ।  
राष्ट्रिय खाद्य बैकका संस्थापक अध्यक्ष तथा प्रवन्ध संचालक शंकरनाथ उप्रेतीले कृषकको उत्पादन र उपभोक्ताको पहुँच विस्तार गर्न खाद्य सामग्रीको अनलाइन कारोवारलाई सहयोग पुग्ने बताए । कृषकको उत्पादन बजार सम्म ल्याउन र सहज रुपमा विक्री गर्न डिजिट कारोवारबाट सहयोग पुग्ने भएको विश्वास खाद्य बैकका संचालक उप्रेतीले गरेका छन् । त्यसैगरी सामाजिक उद्यमी लोकराज शर्माले खाद्य बैकको व्यवसायिक कारोवारलाई अनलाइन तथा डिजिटलाइजेसनले सहयोग पुग्ने हुदाँ कृषक र उपभोक्ता दुवै लाभन्वित हुने बताए । 
कार्यक्रममा नेपाल भूमि बैकका अध्यक्ष पवित्रा कुमारी पोखरेलले राष्ट्रिय खाद्य बैक र भूमि बैक बीचको सहकार्य र आवश्यकताको बिषयमा प्रकाश पारिन् । 
कार्यक्रममा समाजसेवी प्रा.डा. जगदीश बैध, भूमि बैकका प्रवन्ध संचालक गणेश प्रसाद घिमिरेले कृषि उत्पादनको डिजिटल कारोवारले उत्पादक र उपभोक्ता दुवैलाई सहज हुने विश्वास गरे । 
बैकको आगामी योजना र खाद्य बैकको अवधारणा र आइपियोको बिषयमा कम्पनीका सचिव प्राध्यापक जीवनाथ घितालले प्रकाश पार्नु भएको  थियो । नेपाल एसवीआई मर्चेन्ट बैकिङ लिमिटेडका प्रमुख सन्तोष कुमार भण्डारी निकट भविष्यमा खाद्य बैंकको शेयर निश्कासनको बिषयमा बताएका थिए । न्यूज २४ दैनिकका प्रधान सम्पादक नवराज चालिसेले कृषि क्षेत्रको महत्व र खाद्य बैकले  िलक्षित बर्गका किसान र उपभोक्तालाई जोड्न सक्नु पर्नेमा जोड दिए । त्यसैगरी कलाकार शिशिर योगी र आहा रेडियोका अध्यक्ष   हेम सुवेदीले कृषि क्षेत्रको महत्व र राष्ट्रिय खाद्य बैंकका भूमिका र आवश्यकताको बारेमा प्रकाश पारेका थिए ।  
कार्यक्रममा भूमि बिज्ञ डिल्ली दाहालद्धारा निर्मित राष्ट्रिय खाद्य बैंकसंग सम्वन्धित नेपालको नक्साको लोकार्पण गरिएको थियो । कृषि क्षेत्रका विज्ञ हरिकृष्ण दाहालले कृषि क्षेत्रको समस्या र बजारको विस्तारमा बैकले निर्वाह गर्न सक्ने भूमिकाको चर्चा गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्