नेभिगेशन
अर्थतन्त्र

उद्योग मन्त्री र दक्षिण अफ्रिकाका सुकलालबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका लागि गणतन्त्र दक्षिण अफ्रिकाका गैर–आवासीय उच्चायुक्त प्रा. अनिल सुकलालबीच एक शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
छलफलमा नेपाल र दक्षिण अफ्रिकाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धमा जोड दिँदै दक्षिण अफ्रिकाको स्वतन्त्रता संग्राममा नेपालले पु¥याएको महत्वपूर्ण सहयोगको स्मरण गरिएको थियो । दुवै पक्षबीच द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो, जसमा विशेष गरी व्यापार तथा लगानी विस्तार, जलवायु परिवर्तनका चुनौतीहरूको सामना, र बहुपक्षीय मञ्चहरूमा सहकार्य अभिवृद्धि गर्ने कुरामा जोड दिइएको थियो ।
बैठकले दक्षिण अफ्रिकी बजारमा नेपाली उत्पादनहरूको प्रवर्धन गर्ने तथा जलविद्युत, पर्यटन र पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरू खोजी गर्ने विषयलाई विशेष महत्व दिएको छ । दुवै देशका व्यवसायीहरूबीच व्यावसायिक सम्बन्ध स्थापित गर्न, व्यापार तथा लगानी प्रवर्धन गर्न र दुई देशबीचको आर्थिक साझेदारीलाई बलियो बनाउन एक ’संयुक्त व्यावसायिक मञ्च’ गठन गर्ने सम्भावनाका बारेमा पनि दुवै पक्षबीच छलफल भएको थियो ।
भेटवार्ताले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन र पारस्परिक हितका सहकार्यहरूलाई अघि बढाउन दुवै देशको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्