नेभिगेशन
राजनीति

रास्वपा जग्गा खोज्दै

काठमाडौं । आफ्नो केन्द्रीय कार्यालय भवन बनाउन सत्तारुढ दल रास्वपा काठमाडौं उपत्यकाभित्र जग्गा खोज्दैछ । चक्रपथमा जोडिएको वा रिङरोड नजिकैको जग्गा चाहियो भन्दै इच्छुक घरधनी तथा जग्गाधनीलाई प्रस्ताव पेस गर्न पार्टीले आह्वान गरेको छ । बुधबार सूचना निकालेर प्रस्ताव पेस गर्न भनेको हो ।
जग्गा कम्तीमा ३ रोपनी क्षेत्रफलको हुनुपर्ने, २० फिट चौडा पक्की सडकले छोएको र कुनै कानुनी विवाद नभएको हुनुपर्ने रास्वपाको सूचनामा उल्लेख छ । कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको, आवागमन सहज हुने र पर्याप्त भौतिक पूर्वाधार भएको घर वा भवन निर्माण गर्न मिल्ने जग्गा खोजिएको छ ।  पार्टीले आफ्नो बढ्दो सांगठनिक आवश्यकता पूरा गर्न र दीर्घकालीन संस्थागत स्थायित्व कायम गर्न स्थायी केन्द्रीय कार्यालय बनाउन लागेको हो ।
गत असोज १७ गते बसेको केन्द्रीय समिति बैठकले हालको अस्थायी व्यवस्थापनलाई हटाएर पार्टीको केन्द्रीय कार्यालय आफ्नै स्वामित्वको स्थायी संरचनामा सार्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार रास्वपाले घर वा जग्गा खरिद गर्न लागेको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्