नेभिगेशन
अर्थतन्त्र

सिटिजन्स बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औं वार्षिक साधारण सभा बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा बुधबार सम्पन्न भएको छ । 
सो अवसरमा आ.व. २०८२÷८३ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८२÷८३ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ । 
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८२÷८३ को वितरण योग्य मुनाफाबाट २०८३ आषाढ मसान्तको चुक्तापूँजी  १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ को ३ दशमलव ८० प्रतिशतले  हुने ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२० प्रतिशतले हुने ३ करोड १० लाख १४ हजार ९२७ सहित जम्मा  ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५÷६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको २० वर्षको औसत लाभांश १० दशमलव ०८ प्रतिशत रहेको छ ।

सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए । साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्