नेभिगेशन
अर्थतन्त्र

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक

काठमाडौं । दशैंको रौनकसंगै म्याक्स टाइगरको ‘दशैं धमाका’ जारी रहेको छ ।  म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले एकपछि अर्को गर्दै उपभोक्तालाई आकर्षक पुरस्कारको विजेता बनाइरहेको छ । अभियानअन्तर्गत हालसम्म पाँच भाग्यशालीले यामाहा स्कुटर तथा मोटरसाइकल जितिसकेका छन् । 
यसपटक बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका छन् । म्याक्स टाइगरको एक क्यानसँग जोडिएको पुरस्कार जित्ने अवसरले दुवै विजेताको दशैंलाई विशेष बनाएको छ। 
जीवनमै पहिलोपटक यति ठूलो पुरस्कार हात पारेका नरबहादुर ठोकरका लागि यो जित अझ स्मरणीय बनेको छ । सामान्य रूपमा खरिद गरिएको एक क्यान इनर्जी ड्रिंकले उनलाई नयाँ स्कुटरको विजेता बनाएको छ । दशैंको उत्सवसँगै जोडिएको यो अप्रत्याशित खुसीले उनको चाडपर्वलाई थप यादगार बनाएको छ । 
यसअघि बनेपाका कुमार राज र धादिङको गल्छीका संजोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका थिए । त्यस्तै, सुर्खेतका किशोर जंग शाह यामाहा रे जेडआर स्कुटरको विजेता बनेका थिए । पछिल्ला दुई विजेता थपिएसँगै मोटरसाइकल जित्नेको संख्या तीन र स्कुटर जित्नेको संख्या दुई पुगेको छ । 
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानमा पुरस्कारको आकर्षण अझै कायम छ । अभियानअन्तर्गत कुल १८ भाग्यशाली उपभोक्ताले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसमाथि एक जना महाभाग्यशाली उपभोक्ताको भाग्यमा हुनेछ बम्पर पुरस्कार प्रोटोन कार पाउनेछन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्