नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा बुधबार सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैंकको हाल कायम रहेको साधारण शेयरतर्फको चुक्ता पूँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशतका दरले एक अर्ब ४७ करोड ९४ लाख ४७ हजार नौ सय बिस रुपैंया बराबरको बोनस शेयर जारी गर्ने निर्णय गरिएको छ । यसैंगरी  १० प्रतिशतका दरले हुने १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । 
साथै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई बैंकको अग्राधिकार शेयरतर्फको शेयर बाँडफाँड भएको मिति देखि आषाढ मसान्तसम्मको लागि समानुपातिक रुपमा वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्