नेभिगेशन
अर्थतन्त्र

साटा अवार्डमा सिद्धार्थ रिभरसाइड रिसोर्टको ह्याट्रिक

काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने चितवनको चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले लगातार तेश्रो वर्ष दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) जित्दै ह्याट्रिक गर्न सफल भएको छ ।
सिद्धार्थ हस्पिटालिटीअन्तर्गत सञ्चालित रिसोर्टले सन् २०२६ का लागि नेपालतर्फको ‘लिडिङ रिभरफ्रन्ट होटल÷रिसोर्ट’ विधामा अवार्ड प्राप्त गरेको हो ।
काठमाडौं र पोखराको लगभग मध्यभागमा पर्ने यस ठाउँको परिचय पछिल्ला वर्षहरूमा बदलिँदै गएको छ । कुनै बेला लामो यात्राका क्रममा केहीबेर सुस्ताउने थलोका रूपमा चिनिने चुम्लिङटार अहिले परिवारसँग छुट्टी मनाउने, साथीभाइसँग रमाउने र प्रकृतिको सामीप्यमा फुर्सदका क्षण बिताउने गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
नदी किनारको मनमोहक दृश्य, फराकिलो बगैंचा र शान्त वातावरण रिसोर्टका मुख्य आकर्षण हुन् । रिसोर्टमा पौडी पोखरी, खुला वातावरणमा रमाउन सकिने आउटडोर जाकुजी, ‘माया अल डे डाइनिङ’ र रिभर फ्रन्ट रेस्टुरेन्ट, सभा तथा समारोह आयोजना गर्न मिल्ने इभेन्ट हल र सुविधासम्पन्न कोठाहरू छन् ।
सिद्धार्थ बिजनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार सिद्धार्थ रिभरसाइड रिसोर्टलाई राजमार्गमा यात्रा गर्ने यात्रुहरूको विश्रामस्थलका रूपमा मात्र नभई आफैंमा एउटा आकर्षक छुट्टी गन्तव्यका रूपमा विकास गरिएको हो ।
‘काठमाडौं र पोखराको लगभग मध्यभागमा रहेको चुम्लिङटार आफैंमा सुन्दर प्राकृतिक गन्तव्य हो । हामीले यहाँको नदी किनारको वातावरणलाई फराकिलो बगैंचा, पौडी पोखरी, आउटडोर जाकुजी, माया अल डे डाइनिङसहितका रेस्टुरेन्ट, इभेन्ट हल र सुविधासम्पन्न कोठाहरूसँग जोडेर पाहुनालाई पूर्ण आतिथ्य अनुभव दिने प्रयास गरेका छौं,’ न्यौपानेले भने, “हाम्रो उद्देश्य यात्राका क्रममा केही घण्टा बिताउने ठाउँ बनाउनु मात्र होइन, पाहुनाहरू विशेष रूपमा छुट्टी मनाउन आउने गन्तव्यका रूपमा सिद्धार्थ रिभरसाइड रिसोर्टलाई स्थापित गर्नु हो ।”
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्