नेभिगेशन
विश्व

बाढीमा मृत्यु हुनेको सङ्ख्या ७० पुग्ने सम्भावना, २२ जना नेपाली बेपत्ता

नयाँदिल्ली, २७ साउन । गत मङ्गलबार उत्तराखण्डस्थित धरालीमा आएको बाढीको कारण चार जनाको मृत्यु भएको तथा कम्तीमा ६८ जना एक हप्तादेखि बेपत्ता भएको भारतीय अधिकारीहरूले बताएका छन् । 

निरन्तरको खोजी कार्य पश्चात पनि केही निकास नआएपछि वेपत्ताहरू सबैको मृत्यु भएको आशङ्का गर्दै अगस्ट ५ को प्रकोपको कारण मृत्यु हनेको सङ्ख्या ७० जनाभन्दा बढी पुग्ने अधिकारीहरुले बताएका छन् । 

घटनाबारे सार्वजनिक गरिएको भिडियोहरूमा माटो मिसिएको पानीले ठूलाठूला अपार्टमेन्टहरू बगाउँदै लगेको डरलाग्दो दृश्य देखाइएको छ । 

विपद् व्यवस्थापनका अधिकारीहरूले मङ्गलबार पनि उत्तराखण्डस्थित धरालीको भग्नावशेषमा शवहरू खोजिरहेको जनाइएको छ ।  

राष्ट्रिय विपद् व्यवस्थापनका अधिकारी गम्भीर सिंह चौहानले तालिम प्राप्त कुकुरहरूले शव भएको सङ्केत गर्ने धेरै ठाउँहरू पहिचान गरेको तर उत्खनन गर्दा पानी बाहिर निस्किएकाले उद्धरामा कठिन भएको बताउनुएको छ । उहाँले खोजीमा ग्राउन्ड पेनिट्रेटिङ राडार पनि प्रयोग गरिरहेको बताउनुभयो । 

स्थानीय सरकारले अहिले ४४ जना भारतीय र २२ जना नेपालीसहित ६८ जनालाई बेपत्ताको सूचीमा राखेको छ । सूचीमा नौ जना सैनिक छन् ।

विज्ञहरूले खराब योजनाबद्ध विकाससँगै जलवायु परिवर्तनले प्राकृतिक जोखिम बढाइरहेको बताएका छन् । हालसम्म बाढीको कुनै आधिकारिक कारण पत्ता लागेको  छैन तर वैज्ञानिकहरूले भारी वर्षाले द्रुत गतिमा पग्लिरहेको हिमनदीबाट बाढी आएको हुनसक्ने बताएका छन् ।

- रासस/एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्