काठमाडौं । आर्थिक वर्ष २०८३÷८४ को दुई महिनामा कुल वस्तु निर्यात ६१ दशमलव ९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८ दशमलव ६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७० दशमलव ६ प्रतिशत, १३७ दशमलव ६ प्रतिशत र २२ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल, जिंक शिट, पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ भने औषधी (आयुर्वेदिक), प्रशोेधित छाला, दाल, नेपाली कागज तथा त्यसबाट निर्मित वस्तु, जडीबुटीलगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८३÷८४ को दुई महिनामा कुल वस्तु आयात ३१ दशमलव ६ प्रतिशतले वृद्धि भई ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः २७ दशमलव ४ प्रतिशत, १७ दशमलव २ प्रतिशत र ५६ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायात उपकरण र सवारी साधन तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सुन, धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, पोलिथिन ग्रान्युअल्स्, मेडिकलका सामान तथा पार्टपुर्जालगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८३÷८४ को दुई महिनामा कुल वस्तु व्यापार घाटा २६ प्रतिशतले वृद्धि भई ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८ दशमलव ६ प्रतिशतले वृद्धि भएकोे थियो । साउन र भदौमा निर्यात–आयात अनुपात १९ दशमलव १ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५ दशमलव ५ प्रतिशत रहेको थियो ।
भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ३७ अर्ब ९३ करोड बराबरको वस्तु आयात भएको तथ्यांक नेपाल राष्ट्र बैंकको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ अर्ब ७५ करोड रुपैयाँ बराबरको भएको थियो ।
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ७१ दशमलव १ प्रतिशत, २८ दशमलव ८ प्रतिशत र ० दशमलव १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ६९ दशमलव ३ प्रतिशत, २९ दशमलव ९ प्रतिशत र ० दशमलव ८ प्रतिशत रहेको थियो ।
साउन र भदौमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३९ दशमलव ४ प्रतिशत, ५१ दशमलव ९ प्रतिशत र ८ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३६ दशमलव ८ प्रतिशत, ५४ दशमलव ३ प्रतिशत र ८ दशमलव ९ प्रतिशत रहेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८३ भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा ६ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकाङ्कमा १६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । २०८३ भदौ महिनामा व्यापारको सर्त ७ दशमलव ९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा खुद सेवा आय २२ अर्ब ४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३० अर्ब ८८ करोड रुपैयाँले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २८ दशमलव ६ प्रतिशतले वृद्धि भई १४ अर्ब ९४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १३ दशमलव १ प्रतिशतले कमी भई ४१ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय २९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ४७ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।