नेभिगेशन
खेलकुद

एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिमविरुद्ध लुम्बिनीको सानदार जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको उद्धघाटन खेलमा साविक विजेता लुम्बिनीले जितसहितको सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको हो। 
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स १७.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको थियो। सुदूरपश्चिमले दिएको ८८ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पूरा गर्यो। 
लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४० रन बनाए। उनले १८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। आसिफ शेखले ३२ रन बनाए। उनले २५ बलमा २ चौका र २ छक्का प्रहार गरे।  निरोशन डिकवेल्ला ७ रन बनाएर दिपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए। समिम हुसैन १ र रोहित पौडेल ५ रनमा अविजित रहे।
सुदूरपश्चिम रोयल्सका लागि अनिल खरेलले २ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। 
त्यसअघि, ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा २ चौका प्रहार गरे। ओपनर सैफ जैबले १३ र अनिल खरेलले १५ रन बनाए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 
लुम्बिनी लायन्सको लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट लिँदा स्याडेली भान स्यालविक, तिलक राज भण्डारी र रोहित कुमार पौडेलले १-१ विकेट लिएका थिए । मंगलबार २ खेल रहेका छन्। पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज बिच हुनेछ। भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्