नेभिगेशन
साहित्य

‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री साहित्य पुरस्कार उपन्यास ‘सलह’लाई प्रदान गरेको छ । लेखक श्रवण मुकारुङको उपन्यास ‘सलह’ प्रतिष्ठानमा प्राप्त १९२ पुस्तकमध्येबाट छानिएको हो ।
पुरस्कार मूल्यांकन समितिले १९२ पुस्तकमध्येबाट विस्तारित सूचीमा १५ वटा र संक्षिप्त सूचीमा पाँचवटा पुस्तक समावेश गरी ‘सलह’ छनोट गरेको हो । ‘सलह’ नेपालयले प्रकाशन गरेको हो । उपन्यास ‘सलह’ले समाजका सीमान्त आवाज, लैंगिक विभेद, हिंसा, विस्थापन र पहिचानका जटिल प्रश्नलाई कलात्मक ढंगले प्रस्तुत गरेको प्रतिष्ठानले जनाएको छ । 
त्यसैगरी, पद्मश्री गौरव पुरस्कार प्रा.डा. जयराज आचार्यलाई प्रदान गरिएको छ । कूटनीतिज्ञ आचार्यले शिक्षा क्षेत्रमा लामो समय काम गरेका छन् । नेपाली, अंग्रेजी र संस्कृत भाषाका ज्ञाता आचार्य परराष्ट्र नीति तथा कूटनीतिक क्षेत्रका अनुसन्धानकर्तासमेत हुन् ।
त्यस्तै, कृष्ण धरावासीलाई पद्मश्री साधना सम्मान प्रदान गरियो भने लेखक तथा समालोचक प्रा.डा. ज्ञानु पाण्डेले ‘नारी आन्दोलन र साहित्य’बारे विद्वत् प्रवचन प्रस्तुत गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य