नेभिगेशन
नेपाल

बाबुरामले गरे अध्यक्ष पदत्याग

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टी अध्यक्षको पदत्याग गरेको घोषणा गरेका छन् । काठमाडौंको बौद्धमा बुधबार भएको नेसपा केन्द्रीय कमिटीको विशेष विस्तारित बैठकमा उनले अध्यक्ष पद छाड्ने प्रस्ताव पेस गरेका थिए । कमिटीले उक्त प्रस्ताव स्वीकृत गरेको पार्टीका प्रवक्ता कृष्ण शर्माले बताए ।

बैठकले उपाध्यक्ष दुर्गा सोवको अध्यक्षतामा महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । महाधिवेशनसम्मका लागि उपाध्यक्ष सोबलाई संयोजक र महासचिव सोनामसिंह स्याङ्तानलाई सदस्यसचिव तथा पार्टी प्रवक्तामा शर्मालाई तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्