नेभिगेशन
नेपाल
दूतावासहरूको चिन्ता

देशको अन्तर्राष्ट्रिय छवि सपार्न जटिल

काठमाडौं, ८ असोज - विभिन्न मुलुकले नेपाली राहदानीवाहकलाई आफ्नो भूमिका प्रवेशमा रोक लगाउन थालेपछि अन्तर्राष्ट्रिय छविमा प्रतिकूल असर परेको छ । निर्वाचित सरकारलाई ध्वंसात्मक विद्रोहले ढाल्यो, सरकारका ऐतिहासिक संरचना ध्वस्त पारिए, जेलबाट भागेका १० हजारभन्दा बढी कैदीबन्दी फरार छन् । यसले नेपालको अन्तर्राष्ट्रिय छवि नकारात्मक बनाएको हो ।

पछिल्लो परिस्थितिमा विभिन्न देशले नेपालीलाई रोकेको विषयमा छलफल गर्न अध्यागमन विभागले विभिन्न देशमा रहेका नेपाली दूतावाससँग ‘भर्चुअल’ बैठक गरेको छ । बैठकमा जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीको क्षेत्रमा हुनसक्ने असर र विदेशमा नेपालको छवि सुधारका उपायबारे मंगलबार छलफल भएको थियो । 

बैठकमा यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले सुरक्षा कारण देखाउँदै यूएईले भिजिट भिसामा रोक लगाएको विषय जानकारी गराएका थिए । राजदूत क्षेत्रीले नेपालका जेलबाट कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दी भिजिट भिसामार्फत पुग्नसक्ने भन्दै भिसा रोकिएको यूएईका अधिकारी उद्धृत गर्दै जानकारी गराएका थिए ।

भदौ २३ र २४ मा जेनजीको नामबाट भएका प्रदर्शनमा हिंसा भड्किएपछि जेलमा थुनिएका आधा कैदीबन्दी फरार भएका थिए । भागेकाहरू भारतीय बाटो हुँदै सहजै रुपमा आफ्नो देशमा पुग्नसक्ने भएकाले सुरक्षा खतरा बढ्ने भन्दै रोकेको बताइएको छ । 

श्रम आप्रवासन र पर्यटकीय प्रकृतिका भिसामा अन्य मुलुक प्रस्थान गरी श्रम रोजगारीमा संलग्न हुने नेपालीहरूको पछिल्लो अवस्था, प्रवृत्तिबाट सिर्जना हुनसक्ने सम्भावित जोखिमका विषयमा छलफल भएको हो ।

वैदेशिक रोजगारको क्षेत्रमा आमधारणा हटाउन श्रम आप्रवासनमा सहभागी हुने १८ देखि ४० वर्ष उमेर समूहका छन् । भिजिट भिसामा जाने नेपालीहरूको बीमा अनिवार्य गर्नेगरी व्यवस्था गर्नुपर्नेगरी व्यवस्था गर्नुपर्ने विषय उठाइएको थियो । जेनजीको आन्दोलनको भावना र युवापुस्ताको चाहनालाई सम्बोधन गर्नेगरी बैठकमा छलफल भएको थियो ।

छलफलमा युनाइटेड अरब इमिरेट्स, कतार, ओमन, कुवेत, सउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक साथै मलेसिया, थाइल्यान्डमा अवस्थित नेपाली राजदूत, श्रम सहचारी सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्