नेभिगेशन
प्रदेश

सहकारी पीडितहरू फेरि सडकमा

पोखरा, ९ असोज - सहकारीमा ठगी र अनियमितताका कारण वचतकर्ताले पूँजी फिर्ता नपाएको भन्दै सहकारी पीडितहरूले पोखरामा पुनः र्‍याली र कोण सभा गरेका छन्  । उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारीको वचत फिर्ता गर’, ‘कारागारबाट फरार सहकारीका सञ्चालकलाई तुरुन्त पक्राउ गर’ जस्ता नारासहित सडक प्रदर्शन गरे ।

भदौ २३–२४ मा भएको जेनजी आन्दोलनमा स्वार्थ समूहले सहकारी पीडितको सबूत अदालतबाट छानी छानी ध्वस्त पारिएको आरोप संयुक्त सहकारी पीडित सङ्घर्ष समितिको छ । सहकारीमा ठगी र अनियमितताका कारण वचतकर्ताले पूँजी फिर्ता नपाएको भन्दै सहकारी पीडितहरूले पोखरामा आन्दोलन स्वरूप र्‍याली तथा कोणसभा गरेका छन् ।

कास्कीका ७ ओटा सहकारी पीडितहरूले संयुक्तरुपमा पोखराको पृथ्वी चोकबाट ¥याली सुरु गररे जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरेका हुन् । र्‍यालीमा सूर्यदर्शन सहकारी, इमेज सहकारी, बलिदानी सहकारी, प्राइम सहकारी, विन्दवासिनी सहकारी, मित्र मिलन सहकारी र शिवशिखर सहकारीका वचत पीडितहरू सहभागी थिए । 

उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारीको वचत फिर्ता गर’, ‘कारागारबाट फरार सहकारीका सञ्चालकलाई तुरुन्त पक्राउ गर’ जस्ता नारासहित प्रदर्शन गरे । सहकारी पीडितको सबूत अदालतबाट छानीछानी ध्वस्त पार्न खोजिए पनि कास्कीको सबूत अझै बाँकी रहेको र न्यायका लागि निरन्तर सडक संघर्ष जारी रहने सूर्यदर्शन वचत पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्