नेभिगेशन
प्रदेश

मिठाई पसलमा गुणस्तरहीन तेल

वीरगञ्ज, ८ असोज - नेपालीहरूको महान् चाडपर्व दशैँ सुरु भएसँगै वीरगञ्जका मुख्य सडकमा बिक्री हुने खाद्यान्नको अनुगमन गर्ने कार्य सुरु भएको छ । वीरगञ्जमा प्रत्येक वर्ष दशैँको अवसरमा मेला लाग्ने गर्दछ । मुख्य सडकको किनारामा लाग्ने मेलामा स्थानीय लगायत भारतीयहरूले मिठाई पसलहरू सञ्चालन गर्ने गर्छन् ।

पूजापाठसँगै उक्त मेला अवलोकन गर्न आउने हजारौ नागरिकको स्वास्थ्यलाई मध्यनजर
गर्दै विभिन्न पसलहरूमा अनुगमन गर्न थालिएको हो । बुधबार जिल्ला प्रशासन कार्यालय पर्सा, उपभोक्ता हित संरक्षण पर्सा, वीरगञ्ज महानगरपालिका कार्यालय र वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीले संयुक्त रुपमा खाद्य सामग्रीहरूको गुणस्तर चेकजाँच गरेका थिए ।

अनुगमन गर्ने क्रममा २२ पसलमध्ये ७ वटामा मिठाईमा प्रयोग हुने तेल गुणस्तरहीन रहेको ५ वटामा फुड कलर मिसाइएको मिठाई भेटिएको उपभोक्ता हित संरक्षण पर्साका अध्यक्ष अजित भुजेलले जानकारी दिए ।

अनुगमन टोलीका अनुसार कतिपय पसलहरूमा पकाउने भाँडा फोहोर रहेको र सरसफाईमा पनि लापरवाही गरेको देखिएको छ । आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर गर्ने कार्य पुनः गरेको भेटिए कडा कारवाही गर्ने चेतावनी दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्