नेभिगेशन
नेपाल

एसियाली वैज्ञानिकको सूचीमा ५ नेपाली

काठमाडौं । एसियाली वैज्ञानिकहरूको सय जनाको सूचीमा नेपालका पाँचजना छनोट भएका छन् ।

‘एसियाली साइन्टिस्ट म्यागजिन’ले हालै प्रकाशित गरेको सूचीमा काठमाडौं विश्वविद्यालयका फ्रेनशन प्रधान, फ्रेन्ड्स अफ नेचरका राजु आचार्य, इन्डिपेन्डेन्ट कन्जरभेसन बायोलोजिष्टका रिन्जिन फुनजोक लामा, राप्ती इञ्जिनियरिङ कलेजका डा शैलेन्द्र गिरी र नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका टिष्टा प्रसाईं जोशी छनोट भएका छन् ।

उत्कृष्ट वैज्ञानिकको सूचीमा छनोट भएपछि डा गिरीले देशका लागि थप योगदान गर्न हौसला मिलेको बताए । सूचना प्रविधिका क्षेत्रमा काम गर्दै आएका उनी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान र कर्मचारी प्रशिक्षण प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्