नेभिगेशन
नेपाल

नाट्येश्वरी मन्दिरमा सय किलोको घण्ट

news24 दैनिक, बाजुरा, २६ साउन ।

बाजुराको त्रिवेणी–७ मा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल नाट्येश्वरी मन्दिरमा एक सय केजी तौलको घण्ट चढाइएको छ । अमेरिका बस्ने पदमबहादुर शाही, उनका भाइहरू भरत बहादुर र पारसविक्रमले जनैपूर्णिमाको अवसर पारेर घण्ट  नाट्येश्वरीमा  श्रद्धापूर्वक चढाएका हुन् ।

मन्दिरमा चढाउनका लागि शाही परिवारले काठमाडौंमा शिल्पीमार्फत तीन महिना लगाएर विशेष गजुरसहितको कलात्मक घण्ट निर्माण गराएका थिए । बाजुरा ल्याइएको घण्टलाई बाजागाजा, पञ्चकन्या र धामी–पुजारीको सहभागिता तथा लावालस्करसहित नाट्येश्वरीको भण्डारघर खिरपाटाबाट मन्दिरसम्म पु¥याइएको हो । मन्दिरका पुजारी पर्वतबहादुर शाहीका अनुसार मन्दिरमा घण्ट अर्पण परम्पराका रूपमा रहे पनि यति ठूलो घण्ट पहिले थिएन ।

‘शाही परिवारले अर्पण गरेको घण्ट ठूलो र कलात्मक छ,’ उनले भने, ‘यसले मन्दिरको गरिमा वृद्धि गर्छ ।’ ऐतिहासिक नाट्येश्वरी मन्दिर हालै जीर्णोद्धार सम्पन्न भएको हो । राणाकालमा प्रधानमन्त्री वीर शमशेर र पछि रानी ऐश्वर्यका हजुरबुवा जर्नेल अग्नि शमशेर जबराले पनि यहा“ घण्ट चढाएका थिए । ती पुराना घण्टहरू अहिले पनि मन्दिरमा सुरक्षित छन् । 

परापूर्वकालमा स्थानीय राजा दीपराज छत्यालले बडीमालिका मन्दिरको निर्माणपछि देवीको आज्ञाअनुसार भन्दै नाट्येश्वरी मन्दिर स्थापना गराएका थिए । बडीमालिका देवीलाई बहिनी र नाट्येश्वरी देवीलाई दिदीका रूपमा पुज्ने परम्परागत मान्यता छ ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्