नेभिगेशन
नेपाल

वनस्पति घ्यू तेल संघद्वारा पुनर्निर्माण कोषमा ५० लाख सहयोग

काठमाडौं, १३ असोज – नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जेन जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. ५० लाख सहयोग प्रदान गरेको छ ।

अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा संघका अध्यक्ष विकास दुगड र निवर्तमान अध्यक्ष सन्दीप अग्रवालले सहयोग रकमको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष दुगडले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सहयोग गर्नु नागरिकको सामूहिक जिम्मेवारी भएको उल्लेख गर्दै संघको योगदानले पुनर्निर्माण प्रयासलाई थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

अर्थमन्त्री खनालले संघले देखाएको सहयोगी भावनाप्रति आभार व्यक्त गर्दै प्राप्त रकमले पुनर्निर्माण कार्यलाई गति दिन महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।

कार्यक्रममा संघका पदाधिकारी, मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्