नेभिगेशन
समाचार

फेरिएका देउवा, प्रचण्ड प्राथमिकतामा पर्दा ओलीमा त्रास

काठमाडौँ । गृहमगृहमन्त्री रमेश लेखकको राजीनामा माग, माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्धा र बजेट प्रस्तुतसँगै सत्ता गठबन्धनमा खटपटका संकेत देखिएका छन् । यी घटनाक्रमसँगै सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचसमेत असझदारी बढेको चर्चा भइरहेका छन् । यसअघि काँग्रेस र एमालेबीच गभर्नर नियुक्ति प्रकरणमा ठूलै असमझदारी चुलिएको थियो । यद्यपि काँग्रेसले नै गभर्नर हात पारेपछि गठबन्धनको संकट टरेको बताइन्छ । 

काँग्रेस नेताहरु नै अहिले त्यो बेला देउवाले अडान नलिएको भए गठबन्धन टुटिसक्ने खुलासा गरिरहेका छन् । तर गभर्नर नियुक्तिको च्याप्टर मिलिसकेपनि अहिले पुनः काँग्रेस र एमालेबीच अविश्वास बढ्दो छ । यसको संकेत स्वयम प्रधानमन्त्रीले ओलीले समेत गरिरहेका छन् । उनी विभिन्न बहानामा आफूहरुलाई काँग्रेससँग भिडाइरहेको दावी गर्छन् । 

गृहमन्त्री रमेश लेखकको राजीनामा मागसँगै माओवादीले यसै विषयमा काँग्रेससँग नयाँ सझदारी गरेको आशंका पनि भइरहेको छ । त्यस्तै माधव नेपालविरुद्ध अख्तियारले दायर गरेको मुद्धाका विषयमा पनि प्रधानमन्त्री ओलीसँग देउवा सन्तुष्ट छैनन् । उनी सरकारले ल्याएको बजेटप्रति पनि सन्तोश मानिरहेका देखिँदैनन् । देउवाले मंगलबार मात्रै बजेटको सवालमा आफू र पार्टी नै सन्तुष्ट नरहेको खुलाए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्