नेभिगेशन
प्रदेश

नेपाली सेनाको हेलिकप्टरबाट चारजना गर्भवतीको उद्धार

काठमाडौ । दुर्गम क्षेत्रका चारजना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत् आज
सफल उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सञ्चालनमा ल्याएको हवाई उद्धार कार्यक्रम अन्तर्गत उनीहरूको उद्धार गरिएको हो ।

राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत सन्चालित उक्त कार्यक्रममार्फत इलामको माईजोगमाई–५ सिरसिरे, सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र संखुवासभाको भोटखोला–३ हुङगुङबाट उनीहरूलाई हेलिकप्टरमार्फत उद्दार गरिएको मन्त्रालयले जनाएको छ ।

उद्धारपछि ती महिलाहरूलाई झापास्थित बी एन्ड सी अस्पताल र विराटनगरको कोशी प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ । मन्त्रालयले नियमित रूपमा दुर्गम क्षेत्रका जोखिममा रहेका गर्भवती तथा सुत्केरी महिलाको उद्धार गर्दै  आएको छ ।

सहज स्वास्थ्य सेवा पहुँचबाहिर रहेका महिलालाई लक्षित गरी संचालन गरिएको यस कार्यक्रममा हालसम्म सयौ महिलाहरू लाभान्वित भइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्