नेभिगेशन
प्रदेश

‘पुस्तान्तरणमा ढिला नगरौं, महाधिवेशनको मिति तोकौं’

विराटनगर (संवाददाता) – कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल, कोशी प्रदेशका केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै आगामी मंसिरमा बस्ने केन्द्रीय समिति बैठकबाट १५औं राष्ट्रिय महाधिवेशनको मिति तत्काल तोक्न माग गरेका छन् । बुधबार जारी विज्ञप्तिमा उनीहरूले कांग्रेसको रूपान्तरण र पुस्तान्तरण अब ढिला गर्न नहुने स्पष्ट पारेका छन् ।

तरुण दलका सदस्यहरूले भनेका छन्, ‘१४औं महाधिवेशनले निर्वाचित कार्यसमितिको म्याद यही असोज २६ गते सकिदैछ, त्यसैले मंसिरमा बस्ने बैठकले १५औं महाधिवेशनको मिति तोकी संगठनात्मक पुनर्संरचनाको बाटो खोल्नुपर्छ ।’ उनीहरूले नेतृत्व परिवर्तन र पुस्तान्तरण नै पार्टी पुनर्जीवनको आधार हुने बताएका छन् । विज्ञप्तिमा भ्रष्टाचार र कुशासनविरुद्ध भएको जेनजी आन्दोलनमाथि राज्यदमनको कडा शब्दमा भर्त्सना गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिएको छ ।

युवाहरूले वर्तमान राजनीतिक नेतृत्वलाई म्युजिकल चेयर जस्तो सत्ताका खेलमा सीमित भएको आरोप लगाउँदै, नागरिकको भरोसा जित्न नयाँ पुस्ताको नेतृत्वलाई अघि ल्याउन आग्रह गरेका छन् । तरुण दलका केन्द्रीय सदस्य नेत्र पौडेलका अनुसार कांग्रेसभित्र सुधार र पुस्तान्तरणबिनाको राजनीति अब जनताले अस्वीकार गर्न थालेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला