नेभिगेशन
उपत्यका

युवा संघको मोटरसाइकल र्‍यालीमा रोक

काठमाडौं – जिल्ला प्रशासन कार्यालयले नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले गर्ने भनेको मोटरसाइकल र्‍यालीलाई रोक लगाएको छ । प्रजिअ ईश्वरराज पौडेलले एक सूचना प्रकाशित गर्दै सभा, जुलुस, र्‍याली, प्रदर्शन गर्नबाट रोकेका हुन् । ‘कुनै पनि र्‍याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति नदिने निर्णय भएको छ,’ जारी सूचनामा भनिएको छ । पूर्व स्वीकृति बिना कुनै पनि कार्यक्रम नगर्न, नगराउन पनि आग्रह गरिएको छ ।

नेकपा एमालेले बिहीबार भक्तपुरमा गरेको कार्यक्रममा शनिबार काठमाडौंको तीनकुनेबाट मोटरसाइकल र्‍याली गर्ने घोषणा गरेको थियो । त्यसै र्‍यालीलाई लक्षित प्रशासनले शान्ति सुरक्षाको कारण देखाउँदै रोक लगाएको हो । फरक फरक समूहले काठमाडौं जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने भनी सूचना आएको भन्दै रोक लगाउनुपरेको विज्ञप्तिमा जनाइएको छ ।

शान्ति सुरक्षाको स्थिति बनाइराख्न सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने काम शुरु भएका छन् । यसैले विभिन्न समूहबाट हुने भनिएका र्‍याली, जुलुस, धर्ना, सभा, प्रदर्शनजस्ता गतिविधिहरूले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षा प्रत्याभूति गराउनेमा जटिल हुने भएको कारण खुलाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्