नेभिगेशन
नेपाल

एटीएमबाट झिक्न पाउने रकमको सीमा घट्यो

काठमाडौं (संवाददाता) – नेपाल राष्ट्र बैंकले एटीएम मेसिनबाट डेबिट कार्ड प्रयोग गरी झिक्न मिल्ने रकमको सीमा घटाएको छ । राष्ट्र बैंकले एटीएम मेसिनबाट डेबिट कार्ड प्रयोगगरि प्रति कारोबार २५ हजार रुपैयाँसम्म झिक्न मिल्नेमा अब २० हजार रुपैयाँ मात्रै झिक्न मिल्ने व्यवस्था गरेको छ । यस्तै, दैनिक १ लाख रुपैयाँको सीमा घटाएर ५० हजार रुपैयाँमात्र झिक्न सकिने बनाएको छ । एक महिनामा ४ लाख रुपैयाँसम्म झिक्न पाउने व्यवस्थालाई संशोधन गरि अब ३ लाख रुपैयाँसम्म झिक्न मिल्ने व्यवस्था गरेको छ ।

बैंक वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको सीमा भने यथावत राखिएको छ । प्रति कारोबार १० हजार, दैनिक २० हजार र मासिक २ लाख रुपैयाँको सीमा जस्ताको तस्तै रहने बताइएको छ । क्रेडिट कार्डको सीमा पनि कुनै परिवर्तन गरेको छैन । क्रेडिट कार्ड प्रयोग गरी एटीएम मेसिनबाट स्वीकृत सीमाको १० प्रतिशत रकम झिक्न मिल्ने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाबाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको सीमामा पनि कुनै परिवर्तन गरेको छ । यस्तो प्रिपेड कार्डबाट एक दिनमा ५ हजार रुपैयाँ र एक महिनामा २५ हजार रुपैयाँसम्म कारोबार गर्न सकिने व्यवस्था छ । एटीएमबाट झिक्न मिल्ने रकमको सीमा घटाउँदा सुरक्षा र नियमनको दृष्टिकोणबाट सकारात्मक रुपमा हेर्न सकिन्छ ।

राष्ट्र बैंकले डिजिटल भुक्तानीको प्रवृति बढ्दै गएपछि यो निर्णय गरेको देखिन्छ । एटीएमबाट हुने कारोबारको सीमा घटाउँदा मानिसहरू अनलाइन कारोबारमा थप जोडिन सक्छन, जसले भुक्तानीका विकल्पहरू प्रयोग गर्ने प्रवृतिलाई प्रोत्साहन दिन सक्छ । यसले नोटको प्रयोग कम हुन गई आयु लम्बिन्छ ।

तर उपभोक्ता र व्यवसाय जसलाई नगद आवश्यक पर्छ उनीहरूलाई असुविधा पनि पर्न सक्छ । विशेषगरी व्यस्त व्यापारिक क्षेत्रमा रहेको व्यक्तिहरूलाई यो परिवर्तनले असुविध पु¥याउन सकछ । नगद कारोबार गर्ने व्यक्तिहरूलाई कारोबारमा समस्या हुन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्