नेभिगेशन
प्रदेश

पानीमा डुबेर तीन बालिकाको मृत्यु

रौतहट, २७ असोज - रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौर नगरपालिका–१ मा वर्षाका कारण बाटोमा जमेको पानीमा डुबेर राजदेवी नगरपालिका–८ लक्ष्मीपुर टोलकी १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया राघनी कुमारी यादव र मौसमी कुमारी बैठाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सात जना किशोरीहरूको समूह राजदेवी नगरपालिका–८ बाट घाँस लिन गौरतर्फ जाँदै गर्दा बाटोमा जमेको खाडलको पानी तर्ने क्रममा घटना भएको हो । पानीमा डुबेका मध्ये अन्य चार जना (१५ वर्षीया मुस्कान कुमारी राम, १३ वर्षीया मुस्कान कुमारी बैठा, १० वर्षीया चन्द्रमुखी कुमारी राम र १५ वर्षीया सुनिता कुमारी बैठा) लाई स्थानीयले तत्काल उद्धार गरेपछि उनीहरूको ज्यान जोगिएको छ ।

डुबेर बेपत्ता भएका तीन बालिकाको शव नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्यमार्फत फेला पारेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले जानकारी दिए ।

प्रत्येक वर्ष मनसुनको समयमा यस्तै प्रकारका पानी जमेको खाडलमा परेर बालबालिकाहरूको ज्यान जाने गरेको रौतहटका बासिन्दाहरूले बताएका छन् । जोखिमयुक्त स्थानको पहिचान गरी तत्काल सुरक्षात्मक उपाय अपनाउनुपर्ने  स्थानीयको माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला