कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बिहीन छन्। दिउँसैदेखि उनीहरु मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन। तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन्। भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन ।
भीमदत्त—३, कञ्जनपुरस्थित एउटा एकतले घरमा दिउँसैदेखि मान्छे आउने जाने मात्र गरिरहेछन् । ती कोही भैली खेल्न आएका होइनन् । वातावरण पूरै सन्नाटा छ । हो, चौधरीमार्ग—६० स्थित यो घरको व्यथा फरक छ । वरपरका धेरै घरहरुभन्दा भिन्न ।
फ्लाई दुबई युएईको सरकारले सञ्चालन गरेको वायुसेवा कम्पनी हो । यसले काठमाडौंका लागि दैनिक ८ वटा उडान गर्छ । सधैँ झैँ सोमबार लक्ष्मीपूजाको दिन पनि फ्लाई दुबईको फ्लाइट नम्बर ५३९ काठमाडौं अवतरण गर्यो । दिउँसो २ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाइटले धेरै नेपाली स्वदेश फर्कायो । जहाजले ल्याएकामध्ये एक जना थिए— विपिन जोशी । तर होइन । उनको कथा फरक छ ।
फ्लाई दुबईको फ्लाइट नम्बर एफजेड ५३९ काठमाडौं अवतरण गर्दा भिमदत्त—३ स्थित जोशी परिवारमा पीडा अझ थपियो । त्यो उडानले विपिन जोशीको शव स्वदेश फर्काएको थियो । नेपाली सेनाको स्काइ ट्रकले साँझ ६:१० बजे शवलाई काठमाडौंदेखि धनगढी विमानस्थल ल्याइपुर्यायो । त्यहाँदेखि महेन्द्रनगरसम्मको दूरी सवारी साधनलाई एक घण्टाको हो। सेनाले समन्वय गरेको शव सोमबार राति ७:५० म भीमदत्त—३ स्थित घरैमा पुग्दा त्यहाँको अवस्था दर्दनाक देखियो ।
आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो। उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । डाको छोडेर रुँदारुँदा उनी अर्धचेत भइन्। उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो । छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए । बहिनी पुष्पा भावविव्हल बनिन् । भीमदत्त नगरपालिका—३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटाटा छायो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालका अनुसार विपिनको अन्त्येष्टि भोलि मंगलबार महाकाली नदीको घाटमा हुनेछ । सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए । किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो ।
-1760998286.JPG)
-1760998286.JPG)
-1760998278.JPG)
-1760998277.JPG)
-1760998272.JPG)
-1760998271.JPG)
-1760998268.JPG)
-1760998265.JPG)
-1760998256.JPG)
-1760998250.JPG)
-1760998248.JPG)
-1760998247.JPG)
-1760998245.JPG)
-1760998243.JPG)
-1760998241.JPG)
-1760998238.JPG)
-1760998238.JPG)
-1760998232.JPG)
-1760998232.JPG)
-1760998227.JPG)
-1760998227.JPG)
- शब्द तस्वीर : प्रकाश चन्द्र तिमिल्सेना, कंचनपुर