नेभिगेशन
विश्व

इटालीमा डुङ्गा डुब्दा कम्तीमा २७ जना आप्रवासीको मृत्यु

लाम्पेडुसा, इटाली, २९ साउन : इटालीको टापु लाम्पेडुसाको तटमा बिहीबार डुङ्गा दुर्घटना हुदाँ कम्तिमा २७ जना आप्रवासी तथा शरणार्थीहरू डुबेको  संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) फिलिपो ग्रान्डीले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।  

सामाजिक सञ्जाल एक्समा ग्रान्डीले सन् २०२५ मा मध्य भूमध्यसागरमा  ७०० भन्दा बढी शरणार्थी र आप्रवासीले ज्यान गुमाएको बताउनुभएको छ । 

उहाँले घटनाको पुष्टि गर्दै समुद्रमा उद्धार, सुरक्षित मार्गहरू, ट्रान्जिट देशहरूलाई मद्दत गर्ने र घटनालारुई सम्बोधन गर्नेु पर्ने जनाउनुभएको छ । 

युएनएचसीआर इटालीका सञ्चार अधिकारीका अनुसार एजेन्सीले हाल भग्नावशेषबाट जिवित मानिसहरूलाई सहयोग गरिरहेको छ ।

उनीहरुले यस वर्ष मात्र मध्य भूमध्यसागरमा ६७५ जनाको मृत्यु भएको रेकर्ड गरिएको बताएका छन् । 

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) को भूमध्यसागरका लागि समन्वय कार्यालय प्रवक्ता फ्लेभियो डि गियाकोमोले घटनाहरूको विवरण दिनुभएको छ । 

सामाजिक सञ्जाल एक्समा जियाकोमोले करिब ९५ जना लिबियाबाट दुई डुङ्गामा गएका  तर एउटा जहाज डुब्न थालेपछि सबै यात्रुहरू अर्को ङ्गामा चढ्दा अत्यधिक भारका कारण डुङ्गा पल्टिएको जनाइएको छ ।  

दुर्घटनामा परेर बाँचेका ६० जना व्यक्तिहरूलाई उद्धार गरिएको तथा ३५ जना बेपत्ता भएको आशङ्का गरिएको जियाकोमोले स्पष्ट पार्नुभयो । 

इटालीस्थित आइओएमको भूमध्यसागरीय समन्वय कार्यालयबाट प्राप्त तथ्याङ्कअनुसार यस वर्ष अगस्ट १३ सम्म भूमध्य मार्गमा कम्तीमा ९६२ आप्रवासीको मृत्यु भएको छ भने मध्य भूमध्यसागरमा ६७५, पश्चिमी भूमध्यसागरमा १५५ र पूर्वी भूमध्यसागरमा १३२ जनाको मृत्यु भएको छ ।

सन् २०१४ देखि मध्य भूमध्य मार्गलाई आइओएमले विश्वको सबैभन्दा घातक मार्गको रूपमा पहिचान गरेको छ, जसमा २५ हजार २६० भन्दा बढी मानिसको हताहत भएको रिपोर्ट गरिएको छ ।

आइओएमले वास्तविक मृत्युको सङ्ख्या अझै बढी हुनसक्ने चेतावनी दिएको छ । 

- रासस/एएनआई

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्