नेभिगेशन
राशिफल

२०८२ साल साउन ३० गते शुक्रबारको राशिफल 

मेष – आत्मविश्वास उच्च हुनेछ । नयाँ योजनाहरूमा अघि बढ्नका लागि शुभ दिन छ । स्वास्थ्यमा समस्या आउन सक्छ, सतर्कता अपनाउनु उचित हुने देखिन्छ । 

वृष – पारिवारिक वातावरण सुखद रहनेछ । सुख शान्ति प्राप्तिको योग छ । खर्च नियन्त्रण गर्नु उचित हुन्छ । आर्थिक मामिलामा सावधानी अपनाउनु पर्नेछ ।
 
मिथुन – व्यापार तथा गरिरहेका काममा नयाँ अवसर आउने छन् । सहकार्यले फाइदा हुनेछ । साथीहरूले साथ दिनेछन् । आनन्द अनुभव हुनेछ । 

कर्कट – परिवार र प्रेम सम्बन्धमा उतारचढावको योग छ । मनको कुरा नजिकका व्यक्तिसँग बाँड्नाले राहत मिल्नेछ । व्यवहारमा संयमित हुनु उचित हुनेछ ।

सिंह – रचनात्मकता उच्च हुनेछ । सृजनशीलता बढ्ने छ । कला, संगीत वा लेखनमा सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ ।

कन्या – धेरै थरिका कामका बीचमा तालमेल मिलाउन मुस्किल होला । समय व्यवस्थापनमा ध्यान दिनु पर्नेछ । स्वास्थ्यका दृष्टिले सतर्कता अपनाउनु उचित हुनेछ ।

तुला – आर्थिक पक्ष सबल रहनेछ । नयाँ योजना अघि बढाउन सकिनेछ । सामाजिक जीवन सक्रिय भइनेछ । थालेका काम सफल हुनेछन् ।

वृश्चिक – केही भावनात्मक उतारचढाव हुन सक्छ । प्रेम सम्बन्धमा विशेषरुपमा संवेदनशील हुनु पर्नेछ । आफूलाई शान्त र संयमित राख्नु हितकर हुनेछ । 

धनु – यात्रा वा अध्ययनका लागि दिन उपयुक्त छ । सीप तथा ज्ञान आर्जनका लागि समय राम्रो छ । स्वास्थ्य अवस्था स्थिर रहनेछ ।

मकर – आम्दानीका स्रोत साधन वृद्धिको योग छ । खर्च पनि बढ्न सक्छ । यथाशक्य बचत गर्न प्रयास गर्नु उचित देखिन्छ । कार्य क्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्छ ।

कुम्भ – छलफल तथा संवादमा सञ्चारमा स्पष्टता आवश्यक छ । सम्बन्ध सुधार गर्न ध्यान दिनुपर्ने बेला छ । नयाँ विचारहरूको प्रयोग लाभदायक हुनेछ ।

मीन – सपना र आफ्नो वास्तविकताबीच सन्तुलन आवश्यक छ । धार्मिक वा आध्यात्मिक क्रियाकलापले मन प्रसन्न हुनेछ । स्वास्थ्य सामान्य रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल