नेभिगेशन
नेपाल

३६ जिल्लाका सीडीओ फेरिए

काठमाडौं (संवाददाता) – सरकारले ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरबदल गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं मन्त्रालयका सहसचिव सरुवा गरेका हुन् ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालय मातहतका दुई विभागका महानिर्देशकसहित ललितपुर, मोरङ, झापा, धनुषा, रुपन्देही, पर्सालगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा भएका हुन् । भक्तपुरका प्रजिअ नमराज घिमिरेलाई सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक बनाइएको छ । काभ्रेका प्रजिअ उमेशकुमार ढकाल भक्तपुर सरुवा भएका छन् । 

मोरङका प्रजिअ इन्द्रदेव यादवलाई महोत्तरी पठाइएको छ भने उनको ठाउँमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक युवराज कट्टेललाई पठाइएको छ । गृहमन्त्रालयमा रहेका गोगनबहादुर हमाललाई बर्दियाको प्रजिअ, झापाका गोपालकुमार अधिकारीलाई काभ्रे सरुवा गरिएको छ । धनकुटाका शिवराम गेलाललाई झापा र सिंहदरबारस्थित कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराई ललितपुरको प्रजिअ बनाइएका छन् । 

रुपन्देहीका प्रजिअ टोकराज पाण्डेलाई लमजुङ, कैलालीका कृष्णप्रसाद लम्साललाई नवलपरासी, महोत्तरीका नारायणप्रसाद रिसाललाई दोलखा, पर्साका तोयनारायण सुवेदीलाई अर्घाखाँची, उदयपुरका प्रेमप्रसाद लुइटेललाई धनुषा सरुवा गरिएको छ । जनार्दन गौतमलाई डडेल्धुराबाट कपिलवस्तु, माधवप्रसाद पोखरेललाई लमजुङबाट रुपन्देही पठाइएको छ । जुम्लाका प्रजिअ केदारनाथ शर्मालाई भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय सरुवा गरिएको छ भने उनको ठाउँमा उक्त कार्यालयबाट खिमबहादुर रायमाझीलाई जुम्लाको प्रजिअ बनाइएको छ ।

list1-1761525741.jpg

List2-1761525741.jpg

List3-1761525742.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्