नेभिगेशन
प्रदेश

हिमपहिरो र हिमपातका घटनामा दर्जनौं अलपत्र, सयौंको उद्धार

संवाददाता, काठमाडौं, कात्तिक १८ 
देशका विभिन्न हिमाली क्षेत्रमा लगातार भइरहेको हिमपात र हिमपहिरोका कारण पछिल्ला केही दिनयता सयौं आन्तरिक तथा विदेशी पर्यटकहरू जोखिममा परेका छन् । रोल्वालिङ हिमशृंखलाको यलुङ री हिमालमा सात जनाको मृत्यु भएका छ । सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीको समन्वयमा अन्नपूर्ण, धौलागिरी, मनाङ, गोरखा र कास्की लगायतका क्षेत्रमा सयौंको उद्धार भएको छ भने पर्यटक अप्ठ्यारोमा परेको सूचना आएका क्षेत्रमा उद्धार टोली परिचालित भएको छ ।

दोलखाको यलुङ री बेसक्याम्प (५,६३० मिटर) मा सोमबार बिहान गएको हिमपहिरोमा परी सात जनाको ज्यान गएको छ । मृतकमध्ये दुई गाइड सोलुखुम्बु माप्यदुधकोशी–५ का मेरे कार्की र दोलखा गौरीशंकर–९ का पदम तामाङ छन् । अन्य पा“च विदेशी आरोहीको शव निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

हिमपहिरोमा फसेकाहरूमा इटालीका पाउलो कोको र मार्कस किर्चलर, जर्मनीका जकोब श्राइवर, फ्रान्सका मनफ्रेडी क्रिस्चियन आन्द्रे र क्यानडाका मार्को डी मार्सेल्लो छन् ।

हिमपहिरोमा परेर गम्भीर घाइते भएका फ्रेञ्च आरोही इस्वेल्ली सोलंगे र डीडीअर अरमन्ड बेटियर, साथै नेपाली पथप्रदर्शक लाक्पा शेर्पा र सुनबहादुर गुरुङलाई मंगलबार हेली एभरेस्टको टोलीले उद्धार गरी काठमाडौं ल्याएको छ । उनीहरू एरा र ह्याम्स अस्पतालमा उपचाररत छन् ।

त्यसैगरी, ना गाउ“ नजिकैबाट तीन फ्रान्सेली र तीन नेपाली सामान्य घाइते अवस्थामा उद्धार गरिएको छ । 

अन्नपूर्ण बेसक्याम्पका १६२ जनाको उद्धार
अन्नपूर्ण आधार शिविर, धौलागिरी सर्किट र गोरखाको धार्चाबाट अलपत्र पर्यटकको उद्धार गरिएको छ । म्याग्दीको अन्नपूर्ण बेसक्याम्प मा बाक्लो हिमपातपछि अलपत्र परेका १ सय ६२ जना पर्यटकको सुरक्षाकर्मीले उद्धार गरेका छन् । सशस्त्र प्रहरी निरीक्षक विनोद पौडेलको नेतृत्वमा गएको टोलीले तीन दिनको लगातार प्रयासपछि उनीहरूलाई सुरक्षित स्थानमा ल्याएको हो । उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक छन् ।

टोलीले डोरीको सहायताले बाटो पहिल्याउ“दै हिमपातमा फसेका पर्यटकलाई प्रहरीले गुफाफा“ट र सादिखर्कसम्म झारेको थियो । अब अन्नपूर्ण बेसक्याम्पमा अलपत्र पर्यटक नभएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अलपत्र १५ जनाको सकुशल उद्धार गरिएको छ । मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने बतासे डा“डामा फसेका पर्यटकको उद्धार गरिएको हो ।

उनीहरूमा ३ जना विदेशी र १२ जना नेपाली छन् । धौलागिरी सर्किट हु“दै फर्कने क्रममा उनीहरू कात्तिक ११ देखि सम्पर्कविहीन थिए । उनीहरूलाई जोमसोम ल्याइएको प्रहरीले जनाएको छ ।

मनाङको ङिस्याङ–९ स्थित तिलिचो बेसक्याम्पमा फसेका २ चिनिया“ र १३ जना नेपाली पर्यटकको उद्धारका लागि सशस्त्र प्रहरी बलको टोली परिचालित भएको छ । सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डा“गीको कमाण्डमा गएको टोली उनीहरूसम्म पुग्ने प्रयास गरिरहेको छ । मौसम अत्यन्त प्रतिकूल भएकाले उद्धारमा समय लाग्ने बताइएको छ ।

उता गोरखाको धार्चे–३ तातोपानी इलाकामा पहिरोका कारण अलपत्र परेका २० विदेशी र १५ नेपालीको पनि संयुक्त टोलीले उद्धार गरेको छ । उनीहरू सामा गाउ“बाट माछाखोलातर्फ आउ“दै गर्दा बाटो अवरुद्ध भएपछि फसेका थिए । सेना र सशस्त्र प्रहरी बल आरुघाट बेसबाट खटिएको टोलीले उनीहरूलाई माछाखोलासम्म पु¥याएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

फेवातालमा डुबेका तीन जनाको उद्धार
पोखराको फेवातालमा डुंगा पल्टिँदा डुबेका तीन जनाको सकुशल उद्धार भएको छ । डुंगा पल्टि“दा डुबेकामध्ये चालक महेश सुनार, रुपन्देहीका सोमबहादुर तामाङ र लालमान थारूलाई सेना र सशस्त्र प्रहरी कालिका गणका टोलीले उद्धार गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्