नेभिगेशन
प्रदेश

फेवाताल ‘वाटर स्पोट्र्स’को नयाँ हव, संकटमा रैथाने काठका डुंगा

सुमन ढुंगाना/राजु गिरी
पोखरा, कात्तिक १९
पछिल्लो समय फेवातालमा वाटर स्पोर्टसका नाममा एसयुपी बोट र कायकिङको प्रयोग व्यापक बढेसँगै काठबाट बनेका डुंगा व्यवसायी संकटमा परेको छन् । पर्यटकिय आकर्षण र पर्यटक बढेपनि रैथाने काठका डुंगा रोजाइमा नपर्दा व्यवसायी चिन्तित बनेका हुन् ।

हेर्दा काठको फलेक जस्तो, कोही बसेर त कोही उठेर पानिमा तैरिरहेका हुन्छन् । कुनै समय काठबाट बनेका डुंगाले भरिभराउ हुने फेवातालमा आजचोली भने त्यो दृश्य देखिदैन ।

पछिल्लो समय फेवातालमा स्ट्याण्ड अप प्याडल अर्थात एसयुपीको प्रयोग ब्यापक छ । कतिपयले यसलाई कायकिङ पनि भन्छन् । चालक आवश्यक नपर्ने, निकै हलुका र चलाउन सजिलो हुने तथा साहासिक खेल भएकाले युवा जमात एसयुपीमा निक्कै आकर्षित देखिएका हुन् ।

पोखराको फेवातालमा एसयुपी बोटले छोटो समयमै निक्कै चर्चा बटुलेको छ । एउटा एसयुपी बोटको २० हजार देखि ५० हजारसम्म पर्दछ । अहिले यो बोट चलाएको १ घण्टाको ३ सय देखी ५ सय रकम लिने गर्छन् । थोरै लगानी तर मनग्य आम्दानी हुने भएकाले यो व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ ।

एसयुपी बोटका कारण फेवातालमा पर्यटकिय आकर्षण बढेको छ । पर्यटकको संख्या पनि बढ्दो छ । तर, यसैका कारण फेवातालमा चल्दै आएको परम्परागत काठका डुंगाको व्यवसाय भने संकटमा परेको फेवा डुंगा व्यवसायी समितिको ठहर छ । वाटर स्पोर्टसको नाममा तालमा मनपरी एसयुपी बोट संचालन गरिएको र यो कानुन विपरीत भएको समितिका अध्यक्ष बलराम गिरीको भनाइ छ ।

पोखराको फेवातालमा अहिले ३ सयभन्दा बढि व्यवसायीको सात सय ६४ काठका डुंगाले आठ स्थानबाट व्यवसाय संचालन गरिरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला