नेभिगेशन
उपत्यका

ठगी आरोपमा पूर्वसहसचिव पक्राउ

काठमाडौं । ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रष्टको कार्यालय दरबारमार्गका पूर्व सहसचिव लेखबहादुर कार्की पक्राउ परेका छन् । नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौंको जग्गा बद्नियत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि चितवनको भरतपुर–१५ बस्ने ६६ वर्षीय कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिवकुमार श्रेष्ठले बताए । 

उनको संलग्नतामा नेपाल ट्रष्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिको बीचमा लिजमा दिनेलिने करार सम्झौता हुँदा सूचनामा उल्लेख भएको कित्ता नं ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता नं. ४६०५ समेत थपगरी लिजमा दिनेलिने सम्बन्धमा सञ्चालक समितिको निर्णय र आधारविना बद्नियतपूर्वक दिएको खुलेको हो । 

नेपाल ट्रष्टको जग्गा बोट मोडलका लागि निर्माण अवधि तीन वर्षसमेत तोकी ३० वर्षका लागि लिजमा दिनेलिने सम्झौता गरेको पाइएको अनुसन्धानमा खुलेको एसएसपी श्रेष्ठले बताए । २०७४ जेठ १४ मा नेपाल ट्रष्टको कार्यालयलाई दीर्घकालीन हानिनोक्सानी हुनेगरी उक्त करार सम्झौता भएको पाइएको सीआइबीले विज्ञप्ति जारी गर्दै जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्