नेभिगेशन
प्रदेश

८० लाखको ठेक्कामा ५५ लाख भ्रष्टाचार, आठ जनाविरुद्ध मुद्दा

काठमाडौं (संवाददाता) – डोल्पाको त्रिपुरासुन्दरीमा सडक स्तरोन्नतिको ८० लाख ६२ हजार रुपैयाँको एउटा ठेक्कामा ५५ लाख ८९ हजार रुपैयाँ भ्रष्टाचार भएको पाइएको विशेष अदालत काठमाडौंमा मुद्दा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी, मूल्यांकन समिति संयोजक र ठेकेदारसहित ८ जनाविरुद्ध सोमबार मुद्दा दायर गरेको हो ।

आरोपितहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल, इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हीराचन्द्र धराला, शिक्षा अधिकृत भीमबहादुर थापा, वरिष्ठ लेखा सहायक रूपचन्द्र बूढा, एमआइएस अपरेटर हरिचन्द्र विष्ट, मूल्यांकन समितिका सदस्य शिशिरकुमार गुरुङ र दिव्या निर्माण सेवा प्रालिका सञ्चालक भीमराज न्यौपाने छन् ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङदेखि ल्हाँसम्मको मोटरबाटो स्तरोन्नति कार्यमा ठेक्का प्रक्रियामा मिलेमतो गरी राज्यलाई ठूलो आर्थिक हानि पुर्‍याएको आयोगको ठहर छ । आयोगका अनुसार उक्त सडक आयोजनाको लागत अनुमान ८३ लाख ८२ हजार ९९८ रुपैयाँ स्वीकृत गरिएको थियो । तर, ठेक्का प्रक्रियामा संलग्न कर्मचारी र निर्माण व्यवसायीहरूले मिलेमतो गरी उच्चतम रकम कबोल गर्ने कम्पनीलाई ठेक्का दिलाएर राज्यको झण्डै ५५ लाख ८९ हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

२०७९ वैशाख २५ मा सार्वजनिक सूचना जारी गरी सातवटा बोलपत्र आह्वान गरिएकोमा मूल्यांकन समितिले अनावश्यक सर्त तोकेर प्रतिस्पर्धी कम्पनीलाई अस्वीकृत गरेको र दिव्या निर्माण सेवा प्रालिलाई गैरकानुनी लाभ दिलाइएको अख्तियारको दाबी छ ।

अनुसन्धानका क्रममा दिव्या निर्माण सेवा र कृष्ण निर्माण सेवा दुवैका बोलपत्रको दस्तावेज एउटै व्यक्तिले हस्ताक्षर गरेको, कार्यतालिका र घोषणापत्रसमेत उस्तै रहेको प्रमाण
भेटिएपछि अख्तियारले ठेक्का प्रक्रियामै मिलेमतो भएको ठहर गरेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला