नेभिगेशन
प्रदेश

घरमै निःशुल्क आँखा शिविर, ५२ भन्दा बढीको मोतिविन्दु शल्यक्रिया

मुगु । मुगु जिल्लाको सोरुगाँउपालिकामा आर्थिक, भौतिक, स्वास्थ्य र शिक्षा समस्या भोगिरहेका नागरिकहरूको राहतका लागि घरमै निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ ।

सोरुगाँउपालिकाको वडा नं. १ देखि ११ सम्मका पाँच स्थानमा १८ देखि २४ कार्तिकसम्म सञ्चालन गरिएको शिबिरमा ६ सय ६८ जनाको आँखा जाँच गरिएको छ । शिविरकै क्रममा ५२ भन्दा बढीको मोतिविन्दु शल्यक्रिया गरिएको छ भने ८९ जनालाई चश्मा वितरण गरिएको छ ।

वडा नं. ४ लिब्रुगाँउकी ८१ वर्षीय रनवीर शाही लामो समयदेखि आँखामा दुखाइ, चिलाउने, पाक्ने, आँसु झर्ने, सानो वस्तु देख्न नसक्ने र आफन्तको स्वर मात्र सुनेर चिन्न सक्ने समस्याबाट पीडित थिए । आर्थिक अवस्था कमजोर भएका कारण उनले शहरमा उपचार गर्न नपाई घरमै थला पर्ने अवस्था रहेको थियो । तर, सोरुगाँउपालिकाको घरमै निःशुल्क आँखा चेकजाच र मोतिविन्दु शल्यक्रिया पाउँदा उनी अत्यन्तै खुसी भएका छन् । उनले शिविर सञ्चालन गर्ने निकाय र डाक्टरहरूप्रति धन्यवाद व्यक्त गर्दै, जीवनमा नयाँ आशा पाएको बताए ।

डाक्टर सबिना परौलीले बताइन् कि हिमाली जिल्ला भएकाले घरमा बढी आगो र धुवाँ प्रयोग, धुलो र अन्य कारणहरूले मोतिविन्दु, आँखामा चिलाउने, पाक्ने, चोटपटक लाग्ने र एलजि लगायतका रोग देखिनु सामान्य भएको छ ।

सोरुगाँउपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीले बताएअनुसार, ‘आँखा रोगले अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ, त्यसैले घरमै निःशुल्क उपचार उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो ।’

सोरुगाँउपालिकाका अध्यक्ष धर्मबहादुर शाहीले जनाए कि बृद्ध, अपांग र आर्थिक रुपमा कमजोर नागरिकहरू शहर जान नपरी घरमै उपचार पाउँदा ठूलो राहत मिलेको छ । शिविर नेपाल रेडक्रस सोसाइटी सुर्खेत, आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग र आयूआटी फाउन्डेसनको आर्थिक सहयोगमा सम्पन्न भएको थियो ।

शिविरले नागरिकहरूको आँखासम्बन्धी गुनासो सम्बोधन गर्नुका साथै अन्य स्वास्थ्य समस्याबाट बञ्चित हुने जोखिम घटाएको मूल्यांकन गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला