नेभिगेशन
प्रदेश

कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्का

विराटनगर । कोशी प्रदेश सभाको सचिवमा सुदर्शन खड्कालाई नियुक्त गरिएको छ । सभामुख अम्बर बहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई औपचारिक रूपमा सचिव पदमा नियुक्त गरेका हुन् ।

गत माघदेखि रिक्त रहेको सचिव पदमा खड्काले बुधबार एक कार्यक्रमबीच सभामुख विष्टसमक्ष शपथ ग्रहण गरेका छन् । शपथ ग्रहण समारोह मोरङको कटहरी गाउँपालिका–१ स्थित प्रदेश सभा सचिवालय परिसरमा सम्पन्न भएको थियो । कार्यक्रममा उपसभामुख सिर्जना दनुवार, आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र आङ्बो, प्रदेश सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू तथा प्रदेश सभा सचिवालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रदेश सभा भवन जेन्जी आन्दोलनका क्रममा आगजनी भएपछि कटहरीस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रमा सचिवालय अस्थायीरूपमा सञ्चालनमा ल्याइएको हो । हाल त्यही भवनमा सभामुख, उपसभामुख र सचिवका कार्यकक्षहरू सञ्चालनमा रहेका छन् । 

नवनियुक्त सचिव खड्काले आफ्नो जिम्मेवारी पारदर्शिता, कार्यक्षमता र संस्थागत सुदृढीकरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
सिमरामा ‘कर्फ्यु’

सिमरामा ‘कर्फ्यु’

अनुदानका मल फालेर फरार

अनुदानका मल फालेर फरार

किराले नष्ट भए सुन्तला

किराले नष्ट भए सुन्तला