नेभिगेशन
अर्थतन्त्र

इको प्यानललाई ट्रेडमार्क प्रयोगमा रोक

काठमाडौं । इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको एकाधिकारमा रहेको ‘इको प्यानल’ ट्रेडमार्कसम्बन्धी विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिएको छ । 

कम्पनीले ‘इको प्यानल नेपाल प्रालि’ विरुद्ध दायर गरेको उजुरीका आधारमा उद्योग विभागले २०८२ असार ३० मा सो ट्रेडमार्क कम्पनीको एकल स्वामित्व र हकभोगमा रहनेगरी अन्तरिम निर्णय सुनाएकामा त्यसको कार्यान्वयनका लागि असोज ३१ गते जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साबइबर ब्यूरो काठमाडौं र इको प्यानल नेपाल प्रालिलाई पत्राचार गरेको हो । 

विभागले आफ्नो निर्णयको पूर्ण पालना गर्दै अब उक्त ट्रेडमार्कको नक्कल, दुरुपयोग वा कुनै पनि प्रकारका उत्पादन, बिक्री, वितरण तथा प्रचार–प्रसार कार्य तत्काल रोक्न सबै सरोकारवालालाई सार्वजनिकरूपमा सूचित गरेको छ । 
इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिले पनि प्रचलित कानून विपरीत ट्रेडमार्कको अनधिकृत प्रयोग गर्ने वा गराउने कुनै पनि पक्षविरुद्ध अविलम्ब कानूनी कारबाही अघि बढाइने स्पष्ट पारेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्