नेभिगेशन
राजनीति

सुरक्षा योजना स्वीकृत

काठमाडौं । गृहमन्त्रालयले प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आइतबार भएको केन्द्रीय सुरक्षा समितिको बैठकले योजना पारित गरको गृह प्रवक्ता आनन्द काफ्लेले बताए ।

यसअघि असोज ९ गते गठित कार्यदलले चार सुरक्षा निकायको संयोजनमा योजना तर्जुमा गरको थियो । बैठकले स्वीकृत योजनाअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेनाको परिचालन सिफारिस रक्षा मन्त्रालयमार्फत राष्ट्रिय सुरक्षा परिषद्मा पठाउने निर्णय गरको छ ।

गृहले मंसिर ९ गतेबाट लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु गर्ने निर्णय पनि गरको छ । निर्वाचन अवधिभर हिंसा भड्काउने वा जनतालाई आतंकित पार्ने गतिविधिमाथि कडा कानुनी कारबाही गर्ने तयारी छ । बैठकमा गृह सचिव रामेश्वर दंगाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्