नेभिगेशन
अर्थतन्त्र

इनड्राइभ एनपीएलको राइड–हेलिङ पार्टनर

काठमाडौं । नेपालको प्रमुख राइड–हेलिङ एप तथा ग्लोबल मोबिलिटी एण्ड अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सँग आधिकारिक राइड– हेलिङ पार्टनरका रूपमा साझेदारी गरेको छ । यो साझेदारीले नेपालको सबैभन्दा ठुलो र लोकप्रिय टी२० क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग गरिने राइड शेयरिंग एप इनड्राइभलाई एकै ठाउँमा ल्याएको कम्पनीले जनाएको छ ।

यस साझेदारीले इनड्राइभलाई युवा तथा खेल समुदायसँगको सक्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली बजारमा अझ गहिरो पहुँच स्थापना गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ । यात्रु र ड्राइभरले प्रत्यक्ष भाडा तय गर्न सक्ने मोडलमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रताको मूल्यलाई प्राथमिकता दिने, जुन नेपाल प्रिमियर लिगको भावना र मूल्यसँग पनि मेल खाने कम्पनीले जनाएको छ ।

नेपाल प्रिमियर लिगसँगको सहकार्य इनड्राइभका लागि ब्राण्ड भिजिबिलिटी र समुदायसँगको सम्बन्धलाई अझ बलियो पार्ने रणनीतिक कदम पनि हो । नेपालको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितासँग जोडिँदै इनड्राइभले स्थानीय पहलहरूलाई समर्थन गर्ने र समान अवसर सिर्जना गर्ने आफ्नो उद्देश्यलाई निरन्तर पूरा गर्दै आएको छ । इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भनिन, ‘नेपाल प्रिमियर लिग जस्तो नेपालको प्रतिष्ठित एवं ठुलो क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौं । क्रिकेटले देश तथा विदेशमा छरिएर रहेका समस्त जनतालाई एकताबद्ध गर्छ र यस साझेदारीले हामीलाई त्यो अद्भुत ऊर्जा भित्र रहने मौका दिएको छ, साथै सबैका लागि सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्