नेभिगेशन
अर्थतन्त्र

विराटनगरमा प्रोटोन ईमासको शोरूम

विराटनगर । जगदम्बा मोटर्स प्रालि अन्तर्गतको इलेक्ट्रिक सवारीसाधन ब्रान्ड प्रोटोन ईमासले देशका प्रमुख व्यापारिक केन्द्रहरूमध्ये एक विराटनगरमा अत्याधुनिक थ्रीएस शोरूमको औपचारिक उद्घाटन गरेको छ ।

नयाँ शोरूमको सञ्चालनले नेपालभर एकीकृत तथा सुदृढ ईभी नेटवर्क विस्तार गर्ने प्रोटोन ईमासको लक्ष्यमा महत्त्वपूर्ण कदमका रूपमा योगदान पुर्‍याएको छ । ग्राहकलाई विश्वस्तरको अनुभव प्रदान गर्न डिजाइन गरिएको यस सेन्टरले विराटनगरका प्रोटोन ईमासका ग्राहकहरूलाई देशभरको समान प्रिमियम मापदण्डसहितको सुविधा उपलब्ध गराएको हो ।

उच्चस्तरीय ग्राहक अनुभवका लागि डिजाइन गरिएको यो अत्याधुनिक सुविधा केन्द्रमा, विस्तृत बिक्री परामर्श, प्राविधिक दक्षतासहितको सेवा सुविधा, मूल स्पेयर पाट्र्स उपलब्धताजस्ता सम्पूर्ण सुविधाहरू एकै ठाउँबाट प्राप्त गर्न सकिन्छ । यो शोरूम स्थापना भएपछि पूर्वी नेपालका प्रोटोन ईमास ग्राहकहरूलाई अझ भरपर्दो तथा सहज सेवा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

उद्घाटन समारोहमा मुख्य अतिथिका रूपमा नाडा कोशीका अध्यक्ष दिल्लीराम आचार्यसहित स्थानीय सरोकारवाला, उद्योगी, व्यवसायी, विशिष्ट अतिथिहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति थियो । कार्यक्रममा गाडी हस्तान्तरण, उत्पादन प्रदर्शनी तथा अन्तरक्रियात्मक सत्रहरू आयोजित गरिएका थिए, जसले ईभीप्रेमी तथा सम्भावित ग्राहकहरूलाई आकर्षित गरेको थियो ।

कार्यक्रममा जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले विराटनगर सधैं नवप्रवर्तन र प्रगतिमा अग्रणी बजार रहकोले त्यसलाई मध्यनजर गर्दै आफूहरूले पनि नयाँ थ्रीएस शोरूममार्फत उत्कृष्ट सेवा, अत्याधुनिक प्रविधि र वास्तविक मूल्य प्रदान गर्दै समपूर्ण इलेक्ट्रिक मोबिलिटी इकोसिस्टम ल्याएको बताए ।

विराटनगर शोरूमको उद्घाटनले प्रोटोन ईमासको द्रुत विस्तार रणनीतिलाई अझ बलियो बनाएको छ, जसअन्तर्गत नेपालका प्रमुख शहरहरूमा प्रिमियम इलेक्ट्रिक सवारीसाधन तथा पेसेवर सेवाको पहुँच सुनिश्चित गरिएको भेटवालले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्